नेकपाका उम्मेदवार ‘होक्सी बम’ सहित पक्राउ

वीरगन्ज । पर्सा- २ का नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनलाई पर्सागढी नगरपालिका–बढनिहार क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

पर्सा प्रहरीक उम्मेदवार चौधरी सवार बा १० च १२५० नम्बरको गाडीमा शंकास्पद वस्तु भेटिएको बताएको छ । जाँचका क्रममा ‘होक्सी बम’ फेला परेको र नेपाली सेनामार्फत उक्त वस्तु डिस्पोज गराइसकिएको उनले जानकारी दिए ।

चौधरीसहित गाडीमा सवार अन्य तीन जनालाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा प्रसौनीका २६ बर्षिय आलम अन्सारी, धनुषाधामका ३० बर्षिय सुरज कार्की र पर्सागढ़ीका ६८ बर्षिय सत्यनारायण थारु रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चौधरीमाथि निर्वाचन ऐन २०७३, मुलुकी फौजदारी संहिता अन्तर्गत विस्फोटक पदार्थसम्बन्धी कसुर तथा सार्वजनिक शान्तिविरुद्धको कसुरसहित तीन मुद्दामा अनुसन्धान अघि बढाइएको छ । सो घटनापछि निर्वाचन सुरक्षालाई लिएर पर्सा जिल्लामा सतर्कता थप कडा पारिएको प्रहरीले जानकारी दिएको छ ।

  • Related Posts

    नेप्सेमा सामान्य वृद्धि, १४ अर्ब ३२ करोडको कारोबार

    नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । आज आइतबार नेप्से ४.४५ अंकले बढेर २८२४. ९० विन्दुमा पुगेर रोकिएको छ । आज ३५० कम्पनिका ३ करोड ९५ लाख ४९ हजार ३३…

    नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुभारम्भ

    रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन हुँदै आएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको एघारौँ संस्करण शुरु भएको छ ।  तालिमको प्रधानसेनापति अशोक राज सिग्देलले…

    पहिलो

    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    • March 15, 2026
    • 71 views
    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    • March 15, 2026
    • 24 views
    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    • March 15, 2026
    • 93 views
    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    • March 15, 2026
    • 18 views
    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    • March 15, 2026
    • 17 views
    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय

    • March 15, 2026
    • 20 views
    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय