नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

काठमाडौँ । गाजामा नरसंहारको आरोपमा टर्कीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उनको सरकारका वरिष्ठ अधिकारीहरूविरुद्ध पक्राउ वारेन्ट जारी गरेको छ ।

रिपोर्ट अनुसार, टर्की सरकारले शुक्रबार  नेतान्याहू र उनको सरकारका वरिष्ठ अधिकारीहरूविरुद्ध पक्राउ वारेन्ट जारी गरेको हो ।

इजरायलले यसको कडा विरोध गरेको छ । इजरायली विदेशमन्त्री गिदोन सारले इजरायलले यी आरोपहरूको कडा निन्दा गर्ने बताउदै सबै आरोप पूर्ण रूपमा अस्वीकार गरेको बताएको छ । उनले भने- ‘यो टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको नयाँ जनसम्पर्क अभ्यास हो ।’

इस्तानबुल अभियोजकको कार्यालयले विज्ञप्तिमा कुल ३७ संदिग्धहरू विरुद्ध पक्राउ वारेन्ट जारी गरिएको छ । यद्यपि, पूर्ण सूची जारी गरिएको छैन ।

यसमा इजरायली रक्षामन्त्री इजरायल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन ग्विर र सेना प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जामिर समावेश रहेको बताइएको छ । टर्कीले यी अधिकारीहरूलाई ‘नरसंहार र मानवता विरुद्धको अपराध’ गरेको आरोप लगाएको छ । टर्कीले इजरायलले गाजामा ‘व्यवस्थित नरसंहार’ गरेको बताएको छ ।

  • Related Posts

    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ पौष । प्रहरी चौकी, सिर्सिया, पर्सा ले विशेष सूचनाको आधारमा सोमबार राति करिब ०८:०० बजेको समयमा प्रतिवन्धित लागु औषध गाँजा सहित पिक अप गाडी…

    पर्सा मा चोरी तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बलका गणपति भट्ट द्वारा अभियान तिब्र-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ मंसिर । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले यस चालु आर्थिक बर्ष २०८२/०८३ को ५ महिनाको अवधिमा रु. १३ करोड…

    पहिलो

    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    • December 16, 2025
    • 108 views
    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    • December 16, 2025
    • 15 views
    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    • December 16, 2025
    • 18 views
    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    • December 16, 2025
    • 21 views
    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    • December 16, 2025
    • 17 views
    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो

    • December 16, 2025
    • 18 views
    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो