नेपालले आज मुम्बई एमसीए प्रेसिडेन्ट-११ सँग अभ्यास खेल खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज मुम्बई एमसीए प्रेसिडेन्ट-११ सँग पहिलो अभ्यास खेल खेल्दै छ ।

दुई टोलीबीच खेल मुम्बईको ब्रेबोर्न क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बेलुका ६:१५ बजेबाट सुरु हुनेछ । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीले यसअघि श्रीलंका ए सँग खेलेका तीन टी-२० अभ्यास खेलमा नेपालले अन्तिम खेल जितेको थियो । विश्वकपको तयारीमा रहेको नेपाली टिमले यो खेलपछि जनवरी ३१ मा सिसिआईसँग खेल्ने तालिका रहेको छ । 

त्यसपछि नेपालले युएई र क्यानडासँग वार्मअप खेल्ने भएको छ । नेपालले युएईविरुद्ध फेब्रुअरी ३ मा चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा खेल्ने छ भने यो खेल साँझ सबा ५ बजेदेखि शुरु हुने छ । त्यस्तै अर्को खेल क्यानडाविरुद्ध फेब्रुअरी ५ मा चेन्नईमै खेल्ने तालिका छ । यो खेल दिउसो सवा १ बजेदेखि शुरु हुने छ ।

नेपाल रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम विश्वकपमा तेस्रो पटक सहभागी हुदै छ । विश्वकप खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, करण केसी, शेर मल्ल र बसिर अहमद रहेका छन् ।

आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ । नेपालको समूह स्कटल्याण्ड, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन् । नेपालले पहिलो खेल आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग, फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा स्कटल्याण्डसँग खेल्ने छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने तालिका छ ।

  • Related Posts

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    विश्वका विभिन्न देशका पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूले पाकिस्तानका पूर्व कप्तान तथा पूर्व प्रधानमन्त्री इमरान खानको हिरासत अवस्था र स्वास्थ्य स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संयुक्त अपिल जारी गरेका छन् ।…

    न्यूजील्याण्ड टी-२० विश्वकपको सुपर आठमा, समुह डी बाट अफगानिस्तान बाहिरियो

    न्यूजील्याण्ड जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ । मंगलबार समुह डी अन्तर्गतको खेलमा न्यूजील्याण्डले क्यानडालाई ८ विकेटले पराजित गर्दै प्रतियोगिताको सुपर आठमा स्थान सुरक्षित गरेको हो । क्यानडाले दिएको…

    पहिलो

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    • February 17, 2026
    • 9 views
    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 10 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 7 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 9 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 10 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 15 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ