नेपाल उद्योग परिसंघ र तथ्याङ्क कार्यालयबीच सहकार्य हुने

नेपाल उद्योग परिसंघ र राष्ट्रिय तथ्याङ्क कार्यालयबीच राष्ट्रिय आर्थिक गणना, २०८२ मा सहकार्य हुने भएको छ । तथ्याङ्क कार्यालय र परिसंघबीच समझदारी (एमओयू) गरी अध्ययन र तथ्याङ्क विश्लेषणमा सहकार्य गर्ने सहमती भएको हो । 

राष्ट्रिय तथ्याङ्क कार्यालयका उप–प्रमुख ढुण्डीराज लामिछानेले राष्ट्रिय आर्थिक गणना,  २०८२ मा निजी क्षेत्रको आशंका निवारण गर्दै तथ्याङ्क ऐन, २०७९ अनुसार तथ्याङ्कको पूर्ण गोपनीयता कायम गरिने बताए । उनले उद्योगी व्यवसायीहरूको विवरणको सुरक्षाप्रति संवेदनशील रहेको बताउदै यो गणना कसैलाई करको दायरामा ल्याउन वा दण्डित गर्न नभई मुलुकको वास्तविक आर्थिक सूचकहरू तयार गरी अनुसन्धान र नीति निर्माण गर्ने प्रयोजनका लागि रहेको बताए । उनले भने- ‘निजी क्षेत्रको सहभागिता बिना यो अभियान सफल हुन सक्दैन । त्यसैले हामी परिसंघ जस्ता संगठित संस्थाहरूसँग घनिभूत सहकार्य गर्न चाहन्छौं ।’

राष्ट्रिय आर्थिक गणना, २०८२ मूल नारा ‘अर्थतन्त मापनको लागि आर्थिक गणना’ रहेको कार्यालयले जनाएको छ ।  राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक डा. वेद प्रसाद ढकालले राष्ट्रिय आर्थिक गणना, २०८२ सम्बन्धी प्रस्तुतिकरण गर्दै आर्थिक गणना अनौपचारिक अर्थतन्त्रको वास्तविक आकार पत्ता लगाउने, अर्थतन्त्रको वास्तविक आकार पत्ता लगाउनुलगायत रहेको बताए । 

परिसंघका महानिर्देशक डा. घनश्याम ओझाले निजी आर्थिक गणना तथ्याङ्क संकलनमा परिसंघले नेतृत्वदायी भूमिका खेल्ने बताए उ। सही तथ्याङ्क आए मात्र उद्योगी र सरकार दुवैलाई योजना बनाउन सहज हुने हुँदा निजी क्षेत्र यस प्रक्रियामा जोडिनुपर्ने बताए ।

  • Related Posts

    नेप्सेमा सामान्य वृद्धि, १४ अर्ब ३२ करोडको कारोबार

    नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । आज आइतबार नेप्से ४.४५ अंकले बढेर २८२४. ९० विन्दुमा पुगेर रोकिएको छ । आज ३५० कम्पनिका ३ करोड ९५ लाख ४९ हजार ३३…

    २० अर्ब निक्षेप संकलन बोल कबोल गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले तरलता बढेसँगै आज २० अर्ब बराबरको निक्षेप संकलन बोलकबोल गर्ने भएको छ । यो बोलकबोल २८ दिनको अवधिका लागि सञ्चालन हुनेछ । बोलकबोल आज दिउँसो ३ अनलाइन…

    पहिलो

    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    • March 15, 2026
    • 71 views
    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    • March 15, 2026
    • 24 views
    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    • March 15, 2026
    • 93 views
    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    • March 15, 2026
    • 18 views
    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    • March 15, 2026
    • 17 views
    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय

    • March 15, 2026
    • 20 views
    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय