नेपाल डेरी बेकरीलाई ५० हजार जरिवाना

काठमाडौँ । गत शनिबार ललितपुरको धापाखेल निवासी राधाकृष्ण भट्टराईले नजिकै रहेको प्रख्यात नेपाल डेरी बेकरीको बिक्री केन्द्रबाट केही समोसा किनेर घर ल्याए । निकालेर खान खोज्दा समोसा सडिसकेको र भित्र ल्यातल्यात जालोसमेत परेको भेटियो ।

उनी तत्काल ‘कम्प्लेन’ गर्न गए । बिक्री केन्द्रमा रहेका कामदारले फ्याट्ट भनिहाले, ‘आजको सकिएकाले हिजोको दिएको हुँ ।’ त्यसपछि विवाद भयो । अन्य कामदार आएर विभिन्न बहानाबाजी गर्न थाले ।

भट्टराईले बासी र सडेगलेको समोसा बेचेर उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरिएको भन्दै जिम्मेवार व्यक्तिसँग कुरा गर्न खोजे । उनलाई एउटा फोन नम्बर दिएर पठाइयो । भट्टराईले उक्त नम्बरमा फोन गर्दा रेस्पोन्स नै भएन । अन्ततः उनी सम्बन्धित निकायमा उजुरी गर्न बाध्य भए । भट्टराईको उजुरीपछि सो बेकरीमा आज जिल्ला अनुगमन समितिले अनुगमन गरेको छ। अनुगमनका क्रममा सो उद्योगले गुणस्तरहीन खाद्य वस्तुहरू बेचेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

आफूले गरेको गुनासोमा बेकरी सञ्चालक जिम्मेवार नबनेपछि उजुरी गरेको भट्टराई बताउँछन् । यसअघि पनि उपभोक्ताबाट आउने गुनासोलाई उद्योगले नजरअन्दाज गर्दै आएको उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितपुर महानगर, उद्योग वाणिज्य कार्यालय लगायतका प्रतिनिधिहरू रहेको टोली अनुगमनका लागि पुगेको थियो ।

अनुगमनका क्रममा त्यहाँ बेचिने खाद्यपदार्थ मापदण्डअनुसार नपाइएकाले जरिवाना गरिएको र अबदेखि गुणस्तर कायम गर्न निर्देशन दिइएको टोलीका एक सदस्यले बताए ।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    • July 15, 2025
    • 108 views
    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 144 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 126 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 110 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 123 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 134 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-