नेपाल र अमेरिकाबीच ‘अमेरिका-नेपाल सांस्कृतिक सम्पत्ति सम्झौता’ मा हस्ताक्षर

नेपाल र अमेरिकाबीच ‘संयुक्त राज्य अमेरिका-नेपाल सांस्कृतिक सम्पत्ति सम्झौता’ (सीपीए) मा हस्ताक्षर भएको छ ।

राजदूत डीन आर. थम्पसन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश सुरस श्रेष्ठले विहिबार सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यो हस्ताक्षरलाई ऐतिहासिक कोसेढुङ्गा भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । सीपीएले नेपालको सांस्कृतिक सम्पदाको सुरक्षा गर्न, सांस्कृतिक वस्तुहरूको अवैध ओसारपसार रोक्न र कानूनको उल्लङ्घन गरी हटाइएका कलाकृतिहरूको फिर्तालाई समर्थन गर्न बलियो रूपरेखा स्थापित गर्ने काठमाडौँस्थित अमेरिकी दूतावासले बताएको छ ।

अमेरिकामा अवैध आयातलाई प्रतिबन्धित गरेर र नैतिक सङ्कलन अभ्यासहरूलाई प्रवर्द्धन गरेर सीपीएले सांस्कृतिक सहयोगमा नयाँ अध्यायको सुरुवात गर्ने र अमेरिकाको लागि, सम्झौताले संग्रहालय, विश्वविद्यालय र सांस्कृतिक संस्थाहरूलाई जिम्मेवार र कानुनी आदानप्रदानलाई प्रोत्साहन गर्दै गैरकानूनी पुराना वस्तुहरूलाई अमेरिकी कला बजारबाट बाहिर राख्न मद्दत गर्ने बताइएको छ । 

नेपालको लागि, यसले आफ्नो सांस्कृतिक विरासतको संरक्षण, पुन: प्राप्ति र उत्सव मनाउन एक महत्त्वपूर्ण उपकरण प्रदान गर्दछ साथै अमेरिका र नेपालले साझा प्रतिबद्धताहरूलाई कार्यमा परिणत गर्दै, सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्दै नेपालको सम्पदा दुवै देशका भावी पुस्ताहरूलाई शिक्षित र प्रेरणा दिन जारी राख्न यो सम्झौताले भूमिका खेल्ने दुताबासले जनाएको छ ।

  • Related Posts

    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता लिन महान्यायाधिवक्ता सबिता भण्डारीले बुधबार गरेको निर्णय कार्यालयको वेबसाइटबाटै हटाइएको छ । महान्यायाधिवक्ता…

    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट

    विराटनगर । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले बहुचर्चित झापा-५ बाट प्रतिनिधि सभा सदस्यका लागि समिर तामाङलाई उम्मेदवा बनाएको छ । हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवार सार्वजनिक गर्दै झापा-५…

    पहिलो

    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    • January 16, 2026
    • 26 views
    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट

    • January 16, 2026
    • 9 views
    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट
    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 12 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 18 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 20 views