दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, ०४ चैत । गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता पेसागत हित का लागि नेपाल शिक्षाक संघ मा आबद्धता मुल नारा को साथ नेपाल शिक्षक संघको ९ औं जिल्ला अधिवेशन २०७९ कार्यक्रम उद्घाटनको सत्र शनिबार सुरु भएको छ ।
सो उद्घाटन सत्र मा बिरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम ले भने- शिक्षा क्षेत्र मा शिक्षाकहरु को ठूलो योगदान रहेको छ । कुनै बेला पनि कुनै ठाउँ मा मेरो आवस्यकता परेको बेला म संग सम्पर्क गर्न सक्नु हुने छ । तपाईंहरु को कांध मा कांध मिलाएर अघि बढ्ने छु । तपाईंहरु को सहयोग को लागि जहिले पनि तत्पर रहने छु । यो अधिवेशन सफल को शुभकामना दिनु को साथै नयाँ हुने कार्यसमितीलाई शुभकामना पनि दिनु भएको थियो ।
उक्त कार्यक्रम को सभापतित्व नेपाल शिक्षाक संघ का अध्यक्ष प्रदिप कुमार जैसवाल रहनु भएको थियो भने प्रमुख अतिथि मा नेपाली कांग्रेस का केन्द्रिय सदस्य मधेस प्रदेश का प्रदेश इन्चार्ज तथा क्षेत्र नम्बर ४ का सांसद माननीय रमेश रिजाल विशिष्ट अतिथि मा माननीय विधायक जनार्दन सिंह क्षेत्री, विधायक शंकर प्रसाद चौधरी, बिरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम, नेपाली कांग्रेस का जिल्ला उपाध्यक्ष रामनारायण कुर्मी, अशोक गुप्ता, नेपाली कांग्रेस का जिल्ला सह-सचिव नवीन सिंह, जगरनाथपुर गाउपालिका का अध्यक्ष श्रीकांत यादव लगायत का अतिथिहरु को उपस्तिथि रहेको थियो ।
सो कार्यक्रम मा सांसद रमेश रिजाल र विधायक जनार्दन सिंह क्षेत्री लाई सम्मान पनि गरिएको थियो भने नेपाल शिक्षाक संघका पूर्वहरु लाई सम्मान गरिएको थियो भने अवकाश प्राप्त शिक्षाकहरुलाई पनि सम्मान गरिएको थियो ।
त्यसै गरि महानगरपालिका का उप-प्रमुख इम्तियाज आलम लाई सम्मान गरिए थियो भने नगर पालिका र पालिका का अध्यक्ष र उपाध्यक्षहरु लाई समेत सम्मान गरिएको थियो । भने स्वागत मन्तव्य नेपाल शिक्षाक संघ का जिल्ला उपाध्यक्ष कोपिला कडेल चौरसिया ले गर्नु भएको थियो भने कार्यक्रम संचालन अशोक कुमार साह ले गरेका थिए । कार्यक्रममा साना साना नानीहरु ले नृत्य गरेको कुरा बिरगंज महानगरपालिका का उप-प्रमुख इम्तियाज आलम का प्रेस सल्लाहकार महमद सदाब ले जानकारी दिनु भयो ।