नेप्से आज सामान्य बढेको छ । मंगलबार नेप्से ४.९० अंकले बढेर २६३९.९१ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३९ कम्पनिका एक करोड ३६ लाख २४ हजार ८२४ कित्ता शेयर ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार ३९ मा कारोबार भएको थियो ।
आज बैंकिङ, फाइनान्स, होटल्स, जीवन वीमा, उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज थ्री स्टार हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने दोर्दी खोला हाइड्रोको शेयर ९.३८ प्रतिशतले बढेको छ । त्यस्तै आज रसुवागढी हाइड्रोको शेयर सबैभन्दा बढी ६.०९ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी राढ़ी जलविद्युतको ५४ करोड ६५ लाख बराबरको कारोबार भएको छ भने एसवाई प्यानलको ३४ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।








