नेप्से परिसूचक १८ दशमलव ७६ अङ्कले घट्यो

काठमाडौँ, ४ असार : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १८ दशमलव ७६ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८९ प्रतिशतले घटेर दुई हजार ७६ दशमलव ४९ को बिन्दुमा कायम भएको हो । परिसूचक सँगै कारोबार रकम पनि खुम्चिएको छ ।

आज तीन सय १८ कम्पनीका ९५ लाख ४४ हजार सात सय ३४ कित्ता शेयर ५८ हजार एक सय १९ पटक खरिदबिक्री हुँदा रु चार अर्ब पाँच करोड ५७ लाख ३७ हजार आठ सय ८४ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएको छ ।

बैंकिङ एक दशमलव १६, विकास बैंक शून्य दशमलव ८७, वित्त एक दशमलव शुन्य चार, होटल तथा पर्यटन शून्य दशमलव ७२, जलविद्युत् शून्य दशमलव ८७ र लगानी समूहको उपसूचक शून्य दशमलव ८२ प्रतिशतले घटेको छ । त्यस्तै जीवन बीमा समूह शून्य दशमलव ९८, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५२, लघुवित्त शून्य दशमलव ६४ र म्युचुअल फन्ड शून्य दशमलव ७२ प्रतिशतले घटेको छ ।

निर्जीवन बीमा शून्य दशमलव ८३, व्यापार शून्य दशमलव ६३ र अन्य समूह शून्य दशमलव ७७ प्रतिशतले घटेको छ । आज समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको रु ११ करोड २७ लाख ९८ हजार सात सय ८२ बराबरका तीन लाख ६२ हजार एक सय २४ कित्ता शेयर किनबेच भएका छन् ।

  • Related Posts

    लक्ष्मी सनराइजको नाफा १ अर्ब १६ करोड

    काठमाडौँ । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्ष २०८१-८२ दोस्रो त्रैमाससम्म १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो गत आव पहिलो ६ महिनाको दाँजोमा झन्डै १०…

    सात वर्षमा चौथो पटक म्याद थप गर्दा पनि चार किमी सडक कालोपत्र भएन

    बागलुङ । निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए अहिले काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नं ७ को रेश पुग्ने सडक कालोपत्र भइसक्दथ्यो । गाउँपालिकामा पहिलो पटक रेश जाने सडक कालोपत्रका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    पहिलो

    नापतौल कार्यालय, बीरगंज द्वारा पोखरिया मा अन्तरकृया कार्यक्रम-

    • January 21, 2025
    • 34 views
    नापतौल कार्यालय, बीरगंज द्वारा पोखरिया मा अन्तरकृया कार्यक्रम-

    पर्सा का प्रहरी उपरिक्षक द्वारा निरीक्षण तथा भ्रमण कार्यक्रम सम्पन्न-

    • January 20, 2025
    • 35 views
    पर्सा का प्रहरी उपरिक्षक द्वारा निरीक्षण तथा भ्रमण कार्यक्रम सम्पन्न-

    महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

    • January 20, 2025
    • 7 views
    महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

    ट्रम्प फर्कनुअघि अमेरिकामा रहेका मेक्सिकालीहरूको सुरक्षा गर्ने सेनबमको प्रतिज्ञा

    • January 20, 2025
    • 6 views
    ट्रम्प फर्कनुअघि अमेरिकामा रहेका मेक्सिकालीहरूको सुरक्षा गर्ने सेनबमको प्रतिज्ञा

    राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्ने

    • January 20, 2025
    • 7 views
    राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्ने

    लक्ष्मी सनराइजको नाफा १ अर्ब १६ करोड

    • January 20, 2025
    • 7 views
    लक्ष्मी सनराइजको नाफा १ अर्ब १६ करोड