नेप्से परिसूचक ५० अंकले घट्यो, कारोबार रकममा सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५० दशमलव ७३ अंक अर्थात् एक दशमलव ८८ प्रतिशतले घटेर दुई हजार छ सय ३७ दशमलव ७९ को बिन्दुमा कायम भएको हो ।

लगातार छ कारोबार दिनसम्म घटेको नेप्से परिसूचक गत साता कारोबारको अन्तिम दिन उच्च अङ्कले बढेको थियो । तर बजार सम्हालिन नसक्दा आज पुनः घटेको छ । 

आज विभिन्न तीन सय २४ कम्पनीका दुई करोड ४८ लाख ४६ हजार सात सय ८२ कित्ता शेयर एक लाख १९ हजार सात सय ३९ पटक खरिदबिक्री हुँदा रु. १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार नौ सय ५७ बराबरको कारोबार भएको छ । यो कारोबार रकम पछिल्ला सात दिनमा सबैभन्दा उच्च हो । 

आजको कारोबारपछि वित्त समूह र होटेल तथा पर्यटन समूहको उपसूचकमा उच्च गिरावट देखिएको छ । वित्त समूह तीन दशमलव ५३ र होटेल तथा पर्यटन समूह तीन दशमलव ६८ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव ९३, विकास बैंक दुई दशमलव ५१, जलविद्युत् एक दशमलव ४८, लगानी दुई दशमलव ८० र जीवन बीमा समूह दुई दशमलव ७४ प्रतिशतले घटेको छ । 

उत्पादन तथा प्रशोधन समूह एक दशमलव ७९, लघुवित्त एक दशमलव ८८, म्युचुअल फन्ड एक दशमलव ६१, निर्जीवन बीमा दुई दशमलव १६, व्यापार शून्य दशमलव ९० र अन्य समूह दुई दशमलव २३ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

आज दुई सय १९ कम्पनीको शेयर मूल्य घट्दा २४ वटाको मात्रै बढेको छ । जसमध्ये रिभर फल्स पावर लिमिटेड, हिमालयन हाइड्रोपावर लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रु. ६४ करोड ३८ लाख ६६ हजार सात सय ८० बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको नौ लाख ३४ हजार पाँच सय ७८ कित्ता शेयर किनबेच भएको छ ।

  • Related Posts

    ट्रम्पद्वारा मेक्सिको र क्यानडामाथिको थप आयात शुल्क स्थगित

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उनले क्यानडा र मेक्सिकोमाथि घोषणा गरेको आयात शुल्कको कार्यान्वयन ३० दिन पछि सार्न सहमत भएका छन्। ट्रम्पसँगको टेलिफोन कुराकानीमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आप्रवासन नियन्त्रणका र…

    कुम्भमेलाको भागदौड,कुन बेला भयो घटना

    भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा आयोजित कुम्भमेलामा स्नान गर्न गएका मानिसहरूको भिडमा भागदौड मच्चिँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। उक्त घटनामा दर्जनौँ मानिस घाइते भएका छन्। यस्ता दुःखद घटनाले समाजमा…

    पहिलो

    पर्सा प्रहरी द्वारा करोडौं मूल्य बराबरको Scientific Calculator र Hair Trimmer लोड रहेको तीन वटा मालबाहक ट्रक नियन्त्रण-

    • February 9, 2025
    • 36 views
    पर्सा प्रहरी द्वारा करोडौं मूल्य बराबरको Scientific Calculator र Hair Trimmer लोड रहेको तीन वटा मालबाहक ट्रक नियन्त्रण-

    पर्सामा लाखौं मूल्य बराबरको मालबस्तुहरू सहित दुई वटा मालबाहक गाडीहरु पक्राउ-

    • February 6, 2025
    • 40 views
    पर्सामा लाखौं मूल्य बराबरको मालबस्तुहरू सहित दुई वटा मालबाहक गाडीहरु पक्राउ-

    पर्साको छिपहरमाई गाउँपालिकामा नि:शुल्क आँखा शिविर को समुद्घाटन सम्पन्न-सबै भन्दा ठूलो काम नै नि:शुल्क आँखाको शल्यक्रिया हो- अध्यक्ष गुप्ता

    • February 5, 2025
    • 46 views
    पर्साको छिपहरमाई गाउँपालिकामा नि:शुल्क आँखा शिविर को समुद्घाटन सम्पन्न-सबै भन्दा ठूलो काम नै नि:शुल्क आँखाको शल्यक्रिया हो- अध्यक्ष गुप्ता

    पर्सा मा श्रोत नखुलेको सात लाख नगद सहित साह पक्राउ-

    • February 5, 2025
    • 64 views
    पर्सा मा श्रोत नखुलेको सात लाख नगद सहित साह पक्राउ-

    जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) को घोषणा, नेपाली सिनेमा विश्वमञ्चतर्फ अघि बढ्दै-

    • February 4, 2025
    • 43 views
    जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) को घोषणा, नेपाली सिनेमा विश्वमञ्चतर्फ अघि बढ्दै-

    पर्सा प्रहरी द्वारा लाखौं मूल्य बराबरको विभिन्न मालबस्तुहरू पक्राउ-

    • February 4, 2025
    • 27 views
    पर्सा प्रहरी द्वारा लाखौं मूल्य बराबरको विभिन्न मालबस्तुहरू पक्राउ-