नेप्से परिसूचक ५९ अंकले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अंकले घटेर दुई हजार पाँच सय २९ दशमलव ३३ अंकमा कायम भएको हो ।

आज नेप्सेमा तीन सय २९ कम्पनीको एक करोड ३५ लाख ३५ हजार नौ सय तीन कित्ता शेयर ७७ हजार एक सय ५३ पटक खरिदबिक्री हुँदा रु. पाँच अर्ब ६६ करोड तीन लाख दुई हजार छ सय ८३ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूहको उपसूचक पाँच दशमलव ५६ प्रतिशतले घटेको छ । बैंकिङ एक दशमलव २७, विकास बैंक दुई दशमलव ४६, होटल तथा पर्यटन तीन दशमलव ३४, जलविद्युत् दुई दशमलव ८९ र लगानी समूह दुई दशमलव ७३ प्रतिशतले घटेको छ ।

त्यस्तै, जीवन बीमा समूह दुई दशमलव ३५, उत्पादन तथा प्रशोधन एक दशमलव ८१, लघुवित्त दुई दशमलव ५६, म्युचुअल फन्ड शून्य दशमलव ४८, निर्जीवन बीमा दुई दशमलव ६९, व्यापार तीन दशमलव ९३ र अन्य समूह दुई दशमलव २२ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा दुई सय २९ कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ । हिमालयन हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ८४ प्रतिशतले बढेको छ । चारवटा कम्पनीको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । गुडविल फाइनान्स लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, एनआइसी एसिया फ्लेक्स क्याप फन्ड र इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घटेको हो ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु. २१ करोड १३ लाख ४२ हजार सात सय ३२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी सनराइज बैंक लिमिटेड प्रमोटर शेयर पाँच लाख कित्ता खरिदबिक्री भएको छ ।

  • Related Posts

    नेपाली नर्स तिहारमा भाइटीका लगाएको दाजुसहितको समूहबाट बलात्कृत

    काठमाडौं । सुन्दापनि मुटु चर्किने अपराधका समाचार प्रस्तुत गर्नुपर्दा मन नै भारी हुन्छ । क्यानडाको ओन्टारियोमा नेपाली चेली सामूहीक बलात्कृत भएकी छिन् । त्योपनि तिहारमा भाइटीका लगाउँदै आएको दाजुसहितकै समूहबाट…

    चिसोले श्वासप्रश्वासका बिरामी बढे

    महोत्तरी, ९ माघः निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् । जिल्लाका सबै भेगमा बिरामी बढेका स्थानीय अस्पतालले जनाएका छन् । सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेको छ ।…

    पहिलो

    नेपाली नर्स तिहारमा भाइटीका लगाएको दाजुसहितको समूहबाट बलात्कृत

    • January 22, 2025
    • 2 views

    चीनमा शहरी रोजगारीमा वृद्धि

    • January 22, 2025
    • 11 views
    चीनमा शहरी रोजगारीमा  वृद्धि

    पेट्रोल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

    • January 22, 2025
    • 11 views
    पेट्रोल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

    चिसोले श्वासप्रश्वासका बिरामी बढे

    • January 22, 2025
    • 9 views
    चिसोले  श्वासप्रश्वासका बिरामी बढे

    दुई सय १३ जना पक्राउ

    • January 22, 2025
    • 9 views
    दुई सय १३ जना पक्राउ

    खुर्सानीको बेर्ना

    • January 22, 2025
    • 9 views
    खुर्सानीको बेर्ना