दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०६ बैशाख । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपालको अधारभुत र माध्यमिक तहसम्मको विधालय शिक्षाको गुणस्तर अधिवृद्धि एवं उन्नयन गर्ने मुल उदेश्यका साथ नेपालको संधीय संरचना अनुरुप ७ सय ५३ वटै पालिकामा वर्तमान शैक्षिक अवस्थाको अनुगमन अध्ययन एंव अनुसन्धान गर्न तथा आधारभुत र माध्यमिक तह सम्मको शिक्षामा देखिएका साझा समस्या समाधान गर्न नेपाल विधार्थी संघ, पर्सा द्वारा वीरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलम तथा शैक्षिक महाशाखा प्रमुख अरबिन्द लाल कर्णलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको कुरा उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले जनकरी दिएका छन् ।