
दीपेन्द्र प्रजापति/कालो झोला ।
वीरगञ्ज, ०६ माघ । वीरगञ्ज स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा नयाँ शैक्षिक सत्रमा भर्ना भएका चिकित्सा शिक्षाका नयाँ विद्यार्थीहरुको स्वागत तथा अभिमुखकरण कार्यक्रम आईतबार सम्पन्न भएको छ ।
कलेजमा एम.बी.बी.एस., बि.डि.एस., वि.एस.सी नर्सिङ, वि.एस.सी. एम.आइ.टी, वि.एस.सी. एम.एल.टी. र बि.एन.एस. अध्ययनका लागि भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूको स्वागत गरिनुका साथै कलेजको शैक्षिक वातावरणको अवस्था बारे जानकारी पनि गराउँदै विद्यार्थीहरूको पढाई र लगनशीलता प्रतिको जिम्मेवारी बोध गराउनका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

मेडिकल कलेजका प्रिन्सिपल डा.के.ऐन. सिंहको अध्यक्षता तथा नेशनल मेडिकल कलेजका अध्यक्ष प्रो.डा. जैनुद्दिन अंसारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष अंसारीले नेशनल मेडिकल कलेजले विद्यार्थीहरूको विशिष्ठ क्षमताको पहिचान गरी त्यही अनुसार विद्यार्थीहरूको चौतर्फी विकासका लागि वातावरण बनाउदै आएको बताए ।
कार्यक्रममा मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारी, एडमिस्न निर्देशक अबिद हुसेन अंसारी, एकेडेमी डाइरेक्टर डा. नुसरत जहाँ अंसारी, हस्पिटल डाइरेक्टर डा. इश्रत जहाँ, बोर्ड अफ डाइरेक्टर रुबी अस्मिन, भाइस प्रिन्सिपल डा.सरोज प्रसाद देव, डा. रविशंकर गुप्ता, नर्सिङ डाइरेक्टर गंगा गुरुङ लगायत नयाँ विद्यार्थी सहित अभिभावक लगायतको सहभागिता रहेको थियो ।

साथै विद्यार्थीहरुलाई स्वागत गर्दै कलेजको शैक्षिक, प्रशासनिक तथा विषयगत जानकारीहरु प्रदान गरेका थिए ।