नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकहरु द्वारा उदयपुर घुर्मी मा निःशुल्क स्वास्थ्य सेवा-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०३ पौष । नेशनल मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरु द्वारा वीरगञ्ज महानगरपालिका वडा नं. २७, उदयपुर घुर्मी स्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ । शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो ।

शिविर वडा नं. २७ का वडाध्यक्ष हृदय प्रसाद कुर्मीको समन्वय तथा सहयोगमा आयोजना गरिएको थियो । आज बिहान १०:०० बजेदेखि सञ्चालन भएको शिविरमा जम्मा १ सय ०७ जना महिला तथा बालबालिकाहरुले स्वास्थ्य परीक्षण गराएका थिए ।

शिविरमा रक्तचाप, रगतमा चिनीको मात्रा, तौल, उचाइ, बीएमआई तथा अक्सिजन स्याचुरेसन जस्ता प्रारम्भिक परीक्षण पछि विशेषज्ञ चिकित्सकहरु द्वारा परामर्श प्रदान गरिएको थियो । सेवाको सहज व्यवस्थापनका लागि दर्ता, प्रारम्भिक परीक्षण तथा चिकित्सक परामर्शका लागि छुट्टा छुट्टै कक्षको व्यवस्था गरिएको थियो ।

शिविरमा वडा नं. २७ का वडाध्यक्ष हृदय प्रसाद कुर्मी, उदयपुर घुर्मी स्वास्थ्य चौकीका प्रमुख कृष्ण चन्द्र प्रसाद, तथा नेशनल मेडिकल कलेज बाट मार्केटिङ म्यानेजर जितेश चन्द्र दास को उपस्थिति रहेको थियो ।

चिकित्सकीय सेवामा बालरोग विशेषज्ञ डा. अशफाक अन्सारी र स्त्रीरोग विशेषज्ञ डा. रवि साहले प्रत्यक्ष रूपमा स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गर्नु भएको थियो ।

कार्यक्रमका क्रममा वक्ताहरूले समुदायमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउनु प्रारम्भिक रोग पहिचान तथा जनस्वास्थ्य सुदृढीकरणका लागि अत्यन्त महत्वपूर्ण रहेको धारणा व्यक्त गरेका छन् । स्थानीयवासीहरूले यस्तो उपयोगी स्वास्थ्य शिविर आयोजना गरिएकोमा आयोजक प्रति आभार व्यक्त गरेका छन् ।

निःशुल्क स्वास्थ्य शिविरले महिला तथा बालस्वास्थ्य प्रवर्द्धन, जनचेतना अभिवृद्धि तथा आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजक पक्षले जनाएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    काठमाडौँ । चार जना अन्तरिक्ष यात्रीहरू निर्धारित समयभन्दा एक महिना अगाडि नै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन् । उनीहरूको अन्तरिक्ष यान क्यालिफोर्नियाको तटबाट महासागरमा अवतरण गरेको थियो । ड्र्यागन…

    पहिलो

    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    • January 16, 2026
    • 26 views
    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट

    • January 16, 2026
    • 9 views
    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट
    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 12 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 18 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 20 views