नेशनल मेडिकल कलेज द्वारा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २८ कार्तिक । विश्व मधुमेह दिवस–२०२५ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको पहल तथा रोटार्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जको सहकार्यमा शुक्रबार बिहान निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ ।

वीरगञ्जको घडिअर्वा पोखरीमा आयोजित यस कार्यक्रममा स्थानीय बासिन्दाहरूलाई ब्लड सुगर परीक्षण, BMI चेकअप, रक्तचाप मापन तथा मधुमेहसम्बन्धी स्वास्थ्य परामर्श प्रदान गरिएको थियो ।

बिहान ६:०० देखि ८:०० बजेसम्म सञ्चालन भएको शिविरमा कुल १ सय ४१ जनाले स्वास्थ्य परीक्षण गराएका थिए, जसमा १ सय २४ जना पुरुष तथा १७ जना महिला सहभागी भएका थिए । स्थानीय बासिन्दाहरूको उत्साहपूर्ण उपस्थितिले समुदायमा मधुमेहप्रति रहेको चासो र जनजागरणको आवश्यकता स्पष्ट रुपमा देखिएको थियो ।

कार्यक्रममा सम्बोधन गर्ने वक्ताहरूले मधुमेह विश्वभर तीव्र रूपमा बढ्दै गएको जनस्वास्थ्य चुनौती भएको भन्दै, यसको रोकथाम, पहिचान र नियमित निगरानीका लागि निरन्तर जनचेतना आवश्यक रहेको उल्लेख गरे । साथै, समुदायमुखी स्वास्थ्य सेवामा नेशनल मेडिकल कलेजले पुर्‍याउँदै आएको निरन्तर योगदानको प्रशंसा पनि गरेका थिए ।

उक्त अवसरमा नेशनल मेडिकल कलेजका तर्फबाट डा. अनिल साह कन्सल्टेन्ट, इञ्जिनियर प्रदीप चौधरी मुख्य सूचना अधिकारी, जितेश चन्द्र दास मार्केटिङ प्रबन्धक, ब्रज किशोर चौधरी ओपरेशन्स तथा क्वालिटी प्रबन्धक, बिश्वनाथ कन्थ वरिष्ठ प्रशासन अधिकृत तथा डा. प्रसान्त भण्डारी प्रेसिडेन्ट–स्टुडेन्ट क्लब उपस्थित रहेका थिए ।

त्यस्तै, Rotaract Club of United Birgunj तर्फबाट रोजनी भट्टराई अध्यक्ष, शुजल ठाकुर सचिव तथा सन्दीप राज ओझा कार्यक्रम संयोजक सक्रिय रूपमा सहभागी थिए। स्थानीय समुदाय, विद्यार्थी, स्वयंसेवक, स्वास्थ्यकर्मी तथा रोटार्याक्ट सदस्यहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई सफल, प्रभावकारी र उद्देश्यपूर्ण बनाउन महत्वपूर्ण योगदान पुर्‍यायो ।

  • Bishnu Timalsina

    Related Posts

    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ पौष । प्रहरी चौकी, सिर्सिया, पर्सा ले विशेष सूचनाको आधारमा सोमबार राति करिब ०८:०० बजेको समयमा प्रतिवन्धित लागु औषध गाँजा सहित पिक अप गाडी…

    पर्सा मा चोरी तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बलका गणपति भट्ट द्वारा अभियान तिब्र-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ मंसिर । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले यस चालु आर्थिक बर्ष २०८२/०८३ को ५ महिनाको अवधिमा रु. १३ करोड…

    पहिलो

    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    • December 16, 2025
    • 106 views
    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    • December 16, 2025
    • 15 views
    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    • December 16, 2025
    • 18 views
    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    • December 16, 2025
    • 21 views
    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    • December 16, 2025
    • 17 views
    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो

    • December 16, 2025
    • 18 views
    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो