दीपेन्द्र प्रजापति/कालो झोला ।
वीरगञ्ज, ११ मंसिर । वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेज आर्थिक वर्ष २०८१/०८२ मा मधेस प्रदेश मै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरे बापत सम्मानित भएको छ ।
आज सिंहदरबारमा आयोजित ८ औं सामाजिक सुरक्षा दिवसका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले कलेजका अध्यक्ष प्रा.डा. जैनुद्दिन अन्सारीलाई सम्मानपत्र प्रदान गर्दै कलेजलाई सम्मानित गरेकी हुन् ।
आठ वटा जिल्ला रहेको मधेस प्रदेशमा ठूलो उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेबापत नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित भएको नेशनल मेडिकल कलेज वीरगञ्जका प्रेस सल्लाहकार आसिक अंसारीले जानकारी दिइएका छन् ।

उनका अनुसार, सामाजिक सुरक्षा कोष द्वारा कलेजलाई लगातार दोस्रो पटक सम्मान प्रदान गरिएको हो । यसअघि पनि आर्थिक वर्ष २०८०/८१ मा पनि मधेस प्रदेशमै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरे बापत कलेज सम्मानित भएको थियो ।









