नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेज बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, २४ मंसिर । नेशनल मेडिकल कलेज प्रा.लि. तथा नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता २०८२ साल मंसिर २४ गते (डिसेम्बर १०, २०२५) का दिन नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको केन्द्रीय कार्यालय, वीरगञ्ज–१५, पर्सामा सम्पन्न भएको हो ।

सम्झौताअनुसार नेशनल इन्फोटेक कलेजका बोर्ड सदस्य, कर्मचारी/खेलाडी तथा उनीहरूका प्रत्यक्ष आश्रितहरूलाई नेशनल मेडिकल कलेजद्वारा विभिन्न स्वास्थ्य सेवा सुविधा प्रदान गरिनेछ । यस सहकार्यअन्तर्गत आकस्मिक तथा आपतकालीन उपचार, क्यासलेस तेस्रो पक्ष बीमा सेवा, अन–साइट क्लिनिक सञ्चालन, वेलनेस प्याकेज तथा अस्पतालका विभिन्न सेवामा विशेष सहुलियत प्रदान गरिने व्यवस्था गरिएको छ ।

सम्झौतामा ओपीडी सेवा, जनरल बेड, आईसीयू/एनआईसीयू/पीआईसीयू, शल्यक्रिया, प्याथोलोजी परीक्षण, एक्स–रे, भिडियो एक्स–रे, ईसीजी, इको, टीएमटी, सिटी स्क्यान, एमआरआई, फार्मेसी तथा डेन्टल सेवामा विशेष सुविधा उपलब्ध गराइने उल्लेख गरिएको छ ।

उक्त सम्झौतामा नेशनल मेडिकल कलेज प्रा.लि.का तर्फबाट प्रबन्ध निर्देशक श्री शहनवाज अन्सारी र नेशनल इन्फोटेक कलेजका तर्फबाट प्रिन्सिपल इञ्जिनियर मनीष सिंहले हस्ताक्षर गर्नुभएको छ। सम्झौता एक वर्षका लागि लागू हुने र आपसी सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।

यस सहकार्यले दुवै संस्थाबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै शैक्षिक संस्थामा आबद्ध व्यक्तिहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने विश्वास लिइएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    काठमाडौँ । चार जना अन्तरिक्ष यात्रीहरू निर्धारित समयभन्दा एक महिना अगाडि नै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन् । उनीहरूको अन्तरिक्ष यान क्यालिफोर्नियाको तटबाट महासागरमा अवतरण गरेको थियो । ड्र्यागन…

    पहिलो

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 6 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 13 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 14 views

    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    • January 15, 2026
    • 12 views
    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय

    • January 15, 2026
    • 5 views
    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय