नेशनल मेडिकल कलेज र प्याब्सन पर्सा बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २२ पौष । नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्रा.लि. तथा प्राइभेट एण्ड बोर्डिङ स्कूल्स अर्गनाइजेसन नेपाल (प्याब्सन), पर्सा बीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता २०८२ साल पुस २० गते का दिन नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको केन्द्रीय कार्यालय, वीरगञ्ज १५, पर्सामा औपचारिक रूपमा सम्पन्न भएको हो ।

सम्झौता अनुसार प्याब्सन पर्सासँग आबद्ध विद्यालयका बोर्ड सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रित परिवारजनहरुलाई नेशनल मेडिकल कलेजमार्फत विशेष स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइनेछ। सहकार्य अन्तर्गत आकस्मिक तथा आपतकालीन उपचार सेवा, क्यासलेस तेस्रो पक्ष बीमा सेवा, चिकित्सकद्वारा अन–साइट क्लिनिक सञ्चालन, वेलनेस तथा स्वास्थ्य परीक्षण प्याकेज लगायत अस्पतालका विभिन्न सेवामा विशेष सहुलियत प्रदान गरिने व्यवस्था गरिएको हो ।

सम्झौतामा ओपीडी टिकट, जनरल बेड, आईसीयू,एनआईसीयू,पीआईसीयू सेवा, शल्यक्रिया, प्याथोलोजी परीक्षण, भिडियो एक्स–रे, एक्स–रे, ईसीजी, इको, टीएमटी, सिटी स्क्यान, एमआरआई तथा ओपीडी तथा आईपीडी फार्मेसी सेवामा विशेष छुट प्रदान गरिने उल्लेख गरिएको छ ।

उक्त सम्झौतामा नेशनल मेडिकल कलेज प्रा.लि.का तर्फबाट एडमिसन अफेयर्स तथा मार्केटिङ निर्देशक श्री अबिद हुसेन अन्सारी र प्याब्सन पर्साका तर्फबाट अध्यक्ष श्री सरोज प्रसाद चौधरीले हस्ताक्षर गर्नुभएको हो। सम्झौता एक वर्षका लागि लागू हुने र आपसी सहमतिमा नवीकरण गर्न सकिनेछ ।

कार्यक्रममा प्याब्सनको तर्फबाट डा. हरिशङ्कर साह राज्य नीति तथा योजना आयोग सदस्य, हासिम अन्सारी गेम को–अर्डिनेटर साउथ जोन स्कूल को उपस्थिति रहेको थियो भने नेशनल मेडिकल कलेजको तर्फबाट इञ्जिनियर प्रदीप कुमार चौधरी चीफ इन्फर्मेसन अफिसर, तथा जितेश चन्द्र दास मार्केटिङ म्यानेजर सहभागी हुनु भएको थियो ।

दुवै संस्थाबीच भएको यो सहकार्यले शैक्षिक क्षेत्रसँग आबद्ध व्यक्तिहरूलाई गुणस्तरीय, सुलभ तथा प्रभावकारी स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्दै संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    काठमाडौँ । चार जना अन्तरिक्ष यात्रीहरू निर्धारित समयभन्दा एक महिना अगाडि नै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन् । उनीहरूको अन्तरिक्ष यान क्यालिफोर्नियाको तटबाट महासागरमा अवतरण गरेको थियो । ड्र्यागन…

    पहिलो

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 6 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 13 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 14 views

    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    • January 15, 2026
    • 12 views
    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय

    • January 15, 2026
    • 5 views
    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय