नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, २५ कार्तिक । नेशनल मेडिकल कलेज प्रा. लि. र विश्रामपुर गाउँपालिकाबीच आज एक महत्वपूर्ण स्वास्थ्य सेवा सम्बन्धी आपसी सम्झौता सम्पन्न भएको छ ।

वीरगञ्ज–१५, पर्सास्थित नेशनल मेडिकल कलेजको कार्यालयमा आयोजित कार्यक्रममा दुवै पक्षका प्रतिनिधिहरूको उपस्थितिमा यो सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौताअनुसार, विश्रामपुर गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुटो बिश्रामपुर गाउँ पालिका,प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केसरी तथा स्वास्थ शाखा प्रमुख अलि अकबर हुसेनको रोहबरमा सम्झौता सम्पन्न भएको हो ।

विश्रामपुर गाउँपालिकाका पाँच वटै वडाका वासीलाई नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट विशेष छुट र सुविधा सहितको स्वास्थ्य सेवा उपलब्ध गराइनेछ । सम्झौतापत्रमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल तर्फबाट प्रबन्ध निर्देशक शाहनवाज अन्सारी ले हस्ताक्षर गर्नुभएको थियो ।

सो अवसरमा कलेजको तर्फबाट ईन्जिनियर प्रदीप चौधरी,प्रशासन अधिकृत विश्वनाथ कान्त , प्रशासन अधिकृत पप्पु सिंह र नेशनल मेडिकल कलेजका प्रेस सल्लाहकार आशिक अन्सारी को उपस्थिति रहेको थियो ।

त्यसैगरी, विश्रामपुर गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुटो ले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । साथै, विश्रामपुर गाउँ पालिका वडा न २ वडा अध्यक्ष मनोज यादव, कार्यपालिका सदस्य राजिन्द्र पाल , बिधालय ब्यवस्थापन समिति अध्यक्ष कृष्ण प्र साह ,न्यायीक समिति सदस्य मंजुर र आलम गाउँ प्रहरी मुकतार आलम, संचारकर्मी जोतिलाल पंडितको समेत उपस्थिति रहेको थियो ।

सम्झौताले अस्पताल र पालिका बीचको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ। स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको यस सहकार्यले संस्थागत सामाजिक उत्तरदायित्व, पारदर्शिता र दीर्घकालीन सम्बन्ध सुदृढ पार्ने अपेक्षा गरिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ पौष । प्रहरी चौकी, सिर्सिया, पर्सा ले विशेष सूचनाको आधारमा सोमबार राति करिब ०८:०० बजेको समयमा प्रतिवन्धित लागु औषध गाँजा सहित पिक अप गाडी…

    पर्सा मा चोरी तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बलका गणपति भट्ट द्वारा अभियान तिब्र-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ मंसिर । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले यस चालु आर्थिक बर्ष २०८२/०८३ को ५ महिनाको अवधिमा रु. १३ करोड…

    पहिलो

    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    • December 16, 2025
    • 106 views
    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    • December 16, 2025
    • 15 views
    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    • December 16, 2025
    • 18 views
    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    • December 16, 2025
    • 21 views
    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    • December 16, 2025
    • 17 views
    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो

    • December 16, 2025
    • 18 views
    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो