मुना न्यौपाने
काठमाडौँ,२७ वैशाख । नेहा मन्जु फाउण्डेसनद्वारा वरिष्ठ समाजसेवी नेहा मञ्जु गुरुङको पहलमा बुद्ध जयन्तिको उपलक्ष्यमा इटहरी साइ सेन्टरको भवन निर्माणको लागि इजरायलला कर्मथलो बनाएका ३० जना समाजसेवीहरू मार्फत रु. एक लाख पच्चीस हजार नगद समाजसेवी अञ्जना भण्डारी भट्टराईद्वारा इटहरी साई सेन्टरकी अध्यक्ष निर्मला श्रेष्ठलाई एक कार्यक्रम मार्फत हस्तान्तरण गरिएको छ ।
इजराईल निवासी समाजसेवीहरू नेहा मञ्जु गुरुङ २८० सकेल, गीतकार समाजसेवी कादम्बरी दाना श्रेष्ठ ३०० सकेल, सुजातम गौतम नेरु ५,०००, मञ्जु घिमिरे नेरु ५,०००, तारा पोखरेल १४० सकेल, निलम गिरि भट्टराई १४० सकेल, सञ्जु भण्डारी २०५ सकेल, रमेश कुमार पौडेल १५० सकेल, देवी सुवेदी १४० सकेल, सिशा गुरुङ १०० सकेल, दिपा लामा १०५ सकेल, कल्पना न्यौपाने १०० सकेल, मुना बजगाई १०० सकेल, राम माया थापा १०० सकेल, सीमा क्षेत्री १०० सकेल, ऋतु पौडेल १०५ सकेल, आशा लामा १०० सकेल, मिना बास्कोटा ५१ सकेल, रिता घले १०० सकेल, प्रकाश श्रेष्ठ १०१ सकेल, अञ्जना राइ १०१ सकेल, अर्जुन बस्नेत १०१ सकेल, सुनिता श्रेष्ठ १०१ सकेल, सुरेश क्षेत्रि १०० सकेल, सुल्ताना श्रेष्ठ १०१ सकेल, मनु श्रेष्ठ ५१ सकेल, युनिका गुरुङ १०० सकेल, कल्पना भण्डारी पन्थ १०१ सकेल नगद संकलन गरि हस्तान्तरण गरिएको थियो ।
विगत लामो समयदेखि सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएकी वरिष्ठ समाजसेवी नेहा मञ्जु गुरुङ आध्यात्मिक व्यक्तित्व हुन् । श्री सत्य साइ सिमलचौर सेन्टर पोखराकी संस्थापक अध्यक्ष, श्री सत्य साइ इन्टरनेसनल अर्गाइनेसन इजराइलको अध्यक्ष, नेपाली नारि आवाज इजराईलकि अध्यक्ष समेत रहेकी नेहा मञ्जु फाउण्डेसनकी संस्थापक अध्यक्ष नेहाले नेहा मञ्जु फाउण्डेसन मार्फत नेपालमा रहेका दर्जनौँ अनाथ आश्रमहरूमा आर्थिक, खाद्यान्न, शैक्षिक सामग्री, लत्ता कपडालगायतका सामग्रीहरू सहयोग गर्दै आएको छ । त्यसैगरी विभिन्न धार्मिक संघसंस्थाहरू धार्मिक कार्यक्रमको लागि समेत सहयोग गर्दै आएकी छिन् । भविष्यमा पनि समाजसेवामा निरन्तर लागिरहने र दुःखी पिडितको सेवामा लागि रहने कुरा समाजसेवी तथा नेहा मञ्जु फाउण्डेसनकी अध्यक्ष नेहा मञ्जु गुरुङले जानकारी गराइन् ।
बिदेशी भूमिमा बसेर सदैब नेपालीहरूको सेवा–सहयोगमा जुटेकी उनि सबै माझ परिचित छिन् । उनी विभिन्न अवसरमा फरक फरक ठाउँमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउँछिन । समाजसेवामा अग्रसर रहने मन्जुले आगामी दिनहरूमा पनि यस्तै सहयोग जारी राख्ने बताएकी छन् ।