न्यूजील्याण्डविरुद्धको एकदिवसीय सिरिजमा भारतको विजयी शुरुवात

 भारतले न्यूजील्याण्डविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न सिरिजको पहिलो खेलमा भारतले न्यूजील्याण्डलाई ४ विकेटले पराजित गरेर सिरिजमा विजयी शुरुवात गरेको हो । न्यूजील्याण्डले दिएको ३०१ रनको लक्ष्य पछाएको भारतले ४९ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

भारतको लागि विराट कोहलीले सर्बाधिक ९३ रन बनाए भने कप्तान शुभमन गिलले ५६, श्रेयस अय्यरले ४९ तथा केएल राहुल र वाशिंटन सुन्दरले २९-२९ रन बनाए । त्यस्तै  न्यूजील्याण्डकाया बलर कील जामिएसनले ४ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर ३०० रन बनाएको थियो । न्यूजील्याण्डको लागि डार्यल मिचेलले सर्बाधिक ८४ रन बनाएका थिए भने हेनरी निकोल्सले ६२ रन बनाएका थिए ।

यो जितपछि भारतले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । अब सिरिजको दोस्रो खेल जनवरी १४ मा हुने छ ।

  • Related Posts

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    विश्वका विभिन्न देशका पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूले पाकिस्तानका पूर्व कप्तान तथा पूर्व प्रधानमन्त्री इमरान खानको हिरासत अवस्था र स्वास्थ्य स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संयुक्त अपिल जारी गरेका छन् ।…

    न्यूजील्याण्ड टी-२० विश्वकपको सुपर आठमा, समुह डी बाट अफगानिस्तान बाहिरियो

    न्यूजील्याण्ड जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ । मंगलबार समुह डी अन्तर्गतको खेलमा न्यूजील्याण्डले क्यानडालाई ८ विकेटले पराजित गर्दै प्रतियोगिताको सुपर आठमा स्थान सुरक्षित गरेको हो । क्यानडाले दिएको…

    पहिलो

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    • February 17, 2026
    • 23 views
    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 20 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 24 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 23 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 19 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 30 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ