पत्रकार ऋषि धमला रौतहटबाट चुनाव लड्ने भएका छन् ।
पत्रकार धमला प्रभु शाह नेतृत्वको आम जनता पार्टीबाट रौतहट-४ मा चुनाव लड्ने भएका हुन् ।
उनले आफु रौतहटबाट उम्मेदवार बन्ने बताउदै आफुले चलाउदै आएको ‘जनता जान्न चाहन्छन्’ भन्ने कार्यक्रम नचलाउने बताएका छन् ।
उनले आफ्नो अन्तिम कार्यक्रममा आफुले कार्यक्रममा सधै जनताका कुरा गरेको बताए । अब आफु जनताको बीचमा गएर काम गर्ने बताउदै टेलिभिजन कार्यक्रम छोडेको बताएका छन् ।









