पदोन्नति भएका तीन प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हबाट सुशोभित

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति भएका तीन प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कार्कीले उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को मंसिर ८ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा १ जना, नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ मंसिर ८ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा १ जना र प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायव महानिरीक्षक पदमा १ जना गरी जम्मा ३ जना प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए ।   

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की तथा प्रहरी नायव महानिरीक्षक विश्व अधिकारी र प्राविधिक प्रहरी नायव महानिरीक्षक ई. राम कुमार चौधरी रहेका छन् । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । 

जेष्ठता, कार्यकुशलता, विधि एवम् पद्धतिका साथै व्यावसायिक निष्ठाका साथ निर्वाह गरेको जिम्मेवारीको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नति भएका प्रहरी अधिकृतहरूको नेतृत्वदायी भूमिका र नेतृत्व क्षमताबाट प्रहरी सेवामा प्रभावकारी योगदान पुग्ने विश्वास उनले सो अवसरमा व्यक्त गरेका थिए ।  

महानिरीक्षक कार्कीले मुलुक संवेदनशील अवस्थामा रहेकोले यस्तो अवस्थामा प्रहरी जनताको सेवामा समर्पित हुन आवश्यक रहेको चर्चा गर्दै निस्वार्थ सेवाभाव, शिष्ट व्यवहार, उत्कृष्ट आचरणलाई आत्मसाथ गरी नागरिकको अपेक्षा अनुरूप प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरू थप क्रियाशील हुनुपर्ने बताए । प्रहरी प्रतिको नागरिक विश्वास अभिवृद्धि गर्न व्यावसायिक कार्यसम्पादनमा जोड दिई सेवा प्रवाहलाई थप चुस्त बनाउन समेत उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए । 

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई पूर्ण व्यवसायिक निष्ठा र इमानदारीपूर्वक कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

  • Related Posts

    रवि को मुद्धाको पेसी न्यायाधीश विष्ट र पौडेलको इजलासमा

    बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि आज पनि पेसी तोकिएको छ ।  उच्च अदालत तुलसीपुर्को बुटवल…

    प्रधानमन्त्री कार्कीसँग सुदन गुरुङको भेट

    काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे…

    पहिलो

    सीमा सुरक्षा गुल्म सुवर्णपुर द्वारा ९१ किलो गाँजा बरामद-

    • December 11, 2025
    • 108 views
    सीमा सुरक्षा गुल्म सुवर्णपुर द्वारा ९१ किलो गाँजा बरामद-

    रवि को मुद्धाको पेसी न्यायाधीश विष्ट र पौडेलको इजलासमा

    • December 11, 2025
    • 6 views
    रवि को मुद्धाको पेसी न्यायाधीश विष्ट र पौडेलको इजलासमा

    ओलीलाई गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुन दिदैनौं- महेश बस्नेत

    • December 11, 2025
    • 9 views
    ओलीलाई गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुन दिदैनौं- महेश बस्नेत

    तोकिएको मापदण्ड अनुसार उम्मेदवार सिफारिश गर्न प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई काँग्रेसको निर्देशन

    • December 11, 2025
    • 12 views
    तोकिएको मापदण्ड अनुसार उम्मेदवार सिफारिश गर्न प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई काँग्रेसको निर्देशन

    नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेज बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता-

    • December 10, 2025
    • 106 views
    नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेज बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता-

    प्रधानमन्त्री कार्कीसँग सुदन गुरुङको भेट

    • December 10, 2025
    • 14 views
    प्रधानमन्त्री कार्कीसँग सुदन गुरुङको भेट