पद्मश्री साहित्य पुरस्कारको लागि छानियो १५ पुस्तक

काठमाडौँ । पद्मश्री साहित्य पुरस्कारका लागि पहिलो चरणमा १५ पुस्तक छनोट गरिएको छ । 

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अनुसार २०८१ सालमा प्रकाशित २०३ वटा साहित्यिक पुस्तक प्रतिष्ठानमा प्राप्त भएकोमा पहिलो चरणमा १५ पुस्तकलाई प्रारम्भिक सूचीमा छनौट गरिएको हो ।

सूचीमा परेका १५ पुस्तकमध्येबाट ५ वटा कृतिलाई आगामी महिना उत्कृष्ट संक्षिप्त सूची चयन गर्ने खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन् ।

प्रारम्भिक सूचीका परेका १५ पुस्तक

१- शैलेन्द्र अधिकारीको उपन्यास अर्हत

२- छुदेन काविमोको आख्यान उरमाल

३- रमेश क्षितिजको कथा संग्रह एउटा मायी नगरमा

४- रमेश भुसालको गैरआख्यान छालबाटो

५- भवानी खतिवडाको नियात्रा प्रणाम सगरमाथा

६- पंचम अधिकारीको आख्यान प्रवासीको देश हुन्न

७- दिनेश अधिकारीको कविता पानीको परेड

८- श्रेयज सुवेदीको कथासंग्रह बहुरुपी

९- टंक चौलागाईको उपन्यास रुदाने

१०- सरस्वती प्रतीक्षाको उपन्यास स्व

११- हेम प्रभासको कविता साँझमा सेल्फी

१२- डा. श्रीधर खनालको उपन्यास सावर्णि

१३- बसन्त बस्नेतको आख्यान सिमसारा

१४- हेमन्त मिश्रको संस्मरण श्री ५ को सेवामा

१५- तीर्थ गुरुङको उपन्यास हिउँको गीत

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक बर्ष पद्माश्री साहित्य पुरस्कार, पद्माश्री साधना सम्मान र पद्माश्री गौरव पुरस्कार गरी तीन विधामा साहित्य पुरस्कार प्रदान गर्ने गर्दछ । हरेक पुरस्कारको राशी तीन लाख नगद र सम्मान पत्र रहेको छ ।

  • Related Posts

    क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ घर भएकी २६ वर्षीया मनिषा अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । …

    बाँके र नवलपरासीबाट जबरजस्ती करणी

    ।काठमाडौँ । प्रहरीले बाँके र नवलपरासीबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको छ ।   बाँके, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-२ पहाडीपुर बस्ने २३ वर्षीय अमर सुनारलाई…

    पहिलो

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    • November 11, 2025
    • 73 views
    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    • November 11, 2025
    • 62 views
    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    • November 11, 2025
    • 62 views
    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    लिङ्देन र थापाबीच भेटवार्ता

    • November 11, 2025
    • 54 views
    लिङ्देन र थापाबीच भेटवार्ता

    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    • November 11, 2025
    • 46 views
    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    • November 11, 2025
    • 43 views
    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक