पपुलिजमले सरल उत्तर बेचेर जटिल समस्यालाई ध्वस्त पार्छ- महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिजमले सरल उत्तर बेचेर जटिल समस्यालाई ध्वस्त पार्ने बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले पपुलिजमले सरल उत्तर बेचेर जटिल समस्यालाई ध्वस्त पार्ने र एनार्किजमले व्यवस्था नै दुश्मन ठान्ने बताएका हुन् ।

उनले भनेका छन्- पपुलिजमले सरल उत्तर बेचेर जटिल समस्यालाई ध्वस्त पार्छ, एनार्किजमले व्यवस्था नै दुश्मन ठान्छ, दुवै मिल्दा राज्य कमजोर हुन्छ, नागरिक विभाजित हुन्छन्, नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बन्नबाट जोगाउन, हामीले आलोचनात्मक सोच अपनाउनुपर्छ, तथ्य र भावनालाई छुट्याउनुपर्छ, असहमति लोकतान्त्रिक विधिमै राख्नुपर्छ ।’

उनले राष्ट्र जोगाउनु भनेको गौरवपूर्ण नेपाली पहिचान जोगाउनु हो भन्दै संविधान जोगाउनु भनेको समावेशिता जोगाउनु हो र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनु भनेको भविष्य जोगाउनु भएको बताएका छन् । समस्या राजनीतिक अस्थिरतामा र सामाजिक अराजकतामा रहेको उल्लेख गर्दै महासचिव पोखरेलले यी सबै उद्देश्यका लागि बलिया राजनीतिक दल र निर्णायक राष्ट्रिय शक्तिको खाँचो पर्ने र चुनाव त्यो उद्देश्य प्राप्तिको अवसर भएको टिप्पणी गरेका छन् ।

उनले शक्ति राष्ट्रहरु बीचको प्रतिस्पर्धाले दोस्रो विश्वयुद्धपछिको विश्वव्यवस्था नै खलवलिएको बताउदै संयुक्त राष्ट्र संघ र विश्वसंस्थाहरु आफै उपेक्षित बनाइएको र विश्वव्यापी रुपमा नै सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाको विषय निकै संवेदनशील बनेको टिप्पणी गरेका छन् । साथै भूराजनीतिक द्वन्द्ववाट मुलुकलाई जोगाउन बंगलादेश वा युक्रेन बन्न नदिनु भनेको डर फैलाउनु नभएको भन्दै चेतनाको निरन्तरता नै आजको सबैभन्दा ठूलो देशभक्ति भएको बताएका छन् ।

  • Related Posts

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको दमकस्थित ईन्द्रेणी तालमा पुगेर मोटरबोट चढेका छन् ।  मंगलबार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा-५ उम्मेदवार समेत रहेका ओली दमकका मतदातासँग भेट गर्ने…

    पहिलो पार्टी बन्ने नेकपाको दाबि

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर प्रवक्ता अग्नि सापकोटाले पार्टी निर्वाचनमा पहिलो…

    पहिलो

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    • February 17, 2026
    • 9 views
    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 10 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 7 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 9 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 10 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 15 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ