परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (यूएनएफपीए) का कार्यवाहक प्रतिनिधि श्रीराम हरिदासले शिष्टाचार भेट गरेका छन् ।
मंगलबार मन्त्रालयमा भएको भेटका क्रममा नेपाल र यूएनएफपीएबीचको सहकार्यसँग सम्बन्धित विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । नेपालमा जनसंख्या, स्वास्थ्य, लैंगिक समानता तथा विकासका क्षेत्रमा भइरहेको तथा भविष्यमा हुने सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।









