पर्साको छिपहरमाई गाउँपालिकामा नि:शुल्क आँखा शिविर को समुद्घाटन सम्पन्न-सबै भन्दा ठूलो काम नै नि:शुल्क आँखाको शल्यक्रिया हो- अध्यक्ष गुप्ता

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २३ माघ । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकामा “जिवन रक्षा अभियान” अन्तर्गत बुधबार नि:शुल्क आँखा शिबिरको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

छिपहरमाई गाउँपालिकाको सहयोग तथा श्री उध्मशिलता सृजना तालिम तथा परामर्श केन्द्रको आयोजनामा नि:शुल्क आँखा शिबिर वडा नं. ०२, टिहुकीमा रहेको बर्थिंग सेन्टरमा भएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले रिबन काटेर उद्घाटन गर्नु भएको थियो ।

उद्घाटन समारोहमा बोल्दै गुप्ताले भने नेत्र दान, जिवन दान नाराका साथै गाउँपालिका ले जिवन रक्षा अभियान चलाएको हो । सबै भन्दा ठुलो कसैलाई नेत्रदान स्वरुप नि:शुल्क आँखा को अप्रेसन गराउँदा मलाई अतिनै खुशी लागेको र यो भन्दा ठुलो काम केहि देखिएन ।

आँखा भएको बेला त छोरा-छोरीहरुले बुबा आमाको हेरचाह गरिरहेका छैनन्, आँखा नभएपछी कसैले हेर्दैन त्यसै कारण सो को मध्यनजर गर्दै नि:शुल्क आँखा शिबिर को आयोजना गरिएको छ । यस शिबिरमा आएर चेक जाँच गराई मोतियाबिन्दु रोगीहरुलाई नि:शुल्क सल्यक्रिया गराउन आग्रह समेत गरेका छन् । साथै यस्ता आँखाको निःशुल्क शिबिर आगामी दिनहरुमा पनी राखने गा.पा. अध्यक्ष गुप्ताले बताए ।

निःशुल्क आँखा शिबिरमा वडा नं. ०३ का वडाअध्य दिपेन्द्र सिंहले भने यो आँखा शिबिर नि:शुल्क शिबिर होईन, यसमा गाउँपालिकाले लगानी गरेकोले सबै सेवाग्राहीहरुले लाभ लिन बताए ।

कार्यक्रम वडा नं. ०२ का वडाअध्यक्ष महेन्द्र साह कलवारको अध्यक्षतामा भएको कार्यक्रममा वडाअध्यक्ष कामेश्वर यादव, मौजीलाल साह कानु, टिहुकीका पुर्व गाबिस अध्यक्ष प्रल्हाद गुप्ता, गाउँपालिका प्रसाशन प्रमुख सत्रुधन यादव, किरण आँखा अस्पताल बिरगंजका चन्दन सहनी, सशस्त्र प्रहरी निरिक्षक कृष्णा गिरी, बासुदेव साह, शिक्षक सुरेश साह, मनोज पटेल लगायतहरुको सहभागिता रहेको थियो ।

निःशुल्क आँखा शिबिरमा ३ सय १५ जनाको आँखा चेक जाँच भएको थियो भने १ सय पाँच जनामा मोतियाबिन्दु फेला परेको छ । मोतियाबिन्दु रोगी हरुलाई बसमा लगेर किरण आँखा अस्पताल बिरगंजमा निःशुल्क सल्यक्रिया गराउने आयोजकले जनाएका छन । शिबिरको आयोजन र व्यवस्थापनले स्थानीय क्षेत्रमा स्वास्थ्य सेवाको महत्व र जनचेतनाको आवश्यकता झल्काएको छ ।

यो प्रयासले धेरै लाई उपचारका लागि सही दिशा देखाएको छ र स्वास्थ्य सुधारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको बताए । निःशुल्क आँखा शिबिर २४ गते वडा नं. ०१, मिर्जापुर स्वास्थ्य चौकी र जयमंगलापुर स्वास्थ्य चौकीमा चेक जाँच हुने र २५ गते तुल्सीबर्वा स्वास्थ्य चौकी र भिस्वा स्वास्थ्य चौकीमा चेक जाँच हुने ब्यवस्थापन गरिएको आयोजकले जनाए का छन ।

  • Bishnu Timalsina

    Related Posts

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, ०६ असार । हालै काठमाडौंमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई हस्तान्तरण गरिएको छ । सम्मेलनका आयोजक…

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, ०३ असार । नेवा : पत्रकार राष्ट्रिय दबु र सार्क पत्रकार मञ्चले आयोजना गरेको तथा नेपाल आदिवासी पत्रकार महासंघ (FONIJ) सँगको सहकार्यमा ७ बुँदे प्रस्ताव…

    पहिलो

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 82 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 153 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 91 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 138 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    • June 15, 2025
    • 94 views
    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-

    • June 10, 2025
    • 127 views
    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-