पर्साको छिपहरमाई गाउँपालिकामा नि:शुल्क आँखा शिविर को समुद्घाटन सम्पन्न-सबै भन्दा ठूलो काम नै नि:शुल्क आँखाको शल्यक्रिया हो- अध्यक्ष गुप्ता

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २३ माघ । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकामा “जिवन रक्षा अभियान” अन्तर्गत बुधबार नि:शुल्क आँखा शिबिरको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

छिपहरमाई गाउँपालिकाको सहयोग तथा श्री उध्मशिलता सृजना तालिम तथा परामर्श केन्द्रको आयोजनामा नि:शुल्क आँखा शिबिर वडा नं. ०२, टिहुकीमा रहेको बर्थिंग सेन्टरमा भएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले रिबन काटेर उद्घाटन गर्नु भएको थियो ।

उद्घाटन समारोहमा बोल्दै गुप्ताले भने नेत्र दान, जिवन दान नाराका साथै गाउँपालिका ले जिवन रक्षा अभियान चलाएको हो । सबै भन्दा ठुलो कसैलाई नेत्रदान स्वरुप नि:शुल्क आँखा को अप्रेसन गराउँदा मलाई अतिनै खुशी लागेको र यो भन्दा ठुलो काम केहि देखिएन ।

आँखा भएको बेला त छोरा-छोरीहरुले बुबा आमाको हेरचाह गरिरहेका छैनन्, आँखा नभएपछी कसैले हेर्दैन त्यसै कारण सो को मध्यनजर गर्दै नि:शुल्क आँखा शिबिर को आयोजना गरिएको छ । यस शिबिरमा आएर चेक जाँच गराई मोतियाबिन्दु रोगीहरुलाई नि:शुल्क सल्यक्रिया गराउन आग्रह समेत गरेका छन् । साथै यस्ता आँखाको निःशुल्क शिबिर आगामी दिनहरुमा पनी राखने गा.पा. अध्यक्ष गुप्ताले बताए ।

निःशुल्क आँखा शिबिरमा वडा नं. ०३ का वडाअध्य दिपेन्द्र सिंहले भने यो आँखा शिबिर नि:शुल्क शिबिर होईन, यसमा गाउँपालिकाले लगानी गरेकोले सबै सेवाग्राहीहरुले लाभ लिन बताए ।

कार्यक्रम वडा नं. ०२ का वडाअध्यक्ष महेन्द्र साह कलवारको अध्यक्षतामा भएको कार्यक्रममा वडाअध्यक्ष कामेश्वर यादव, मौजीलाल साह कानु, टिहुकीका पुर्व गाबिस अध्यक्ष प्रल्हाद गुप्ता, गाउँपालिका प्रसाशन प्रमुख सत्रुधन यादव, किरण आँखा अस्पताल बिरगंजका चन्दन सहनी, सशस्त्र प्रहरी निरिक्षक कृष्णा गिरी, बासुदेव साह, शिक्षक सुरेश साह, मनोज पटेल लगायतहरुको सहभागिता रहेको थियो ।

निःशुल्क आँखा शिबिरमा ३ सय १५ जनाको आँखा चेक जाँच भएको थियो भने १ सय पाँच जनामा मोतियाबिन्दु फेला परेको छ । मोतियाबिन्दु रोगी हरुलाई बसमा लगेर किरण आँखा अस्पताल बिरगंजमा निःशुल्क सल्यक्रिया गराउने आयोजकले जनाएका छन । शिबिरको आयोजन र व्यवस्थापनले स्थानीय क्षेत्रमा स्वास्थ्य सेवाको महत्व र जनचेतनाको आवश्यकता झल्काएको छ ।

यो प्रयासले धेरै लाई उपचारका लागि सही दिशा देखाएको छ र स्वास्थ्य सुधारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको बताए । निःशुल्क आँखा शिबिर २४ गते वडा नं. ०१, मिर्जापुर स्वास्थ्य चौकी र जयमंगलापुर स्वास्थ्य चौकीमा चेक जाँच हुने र २५ गते तुल्सीबर्वा स्वास्थ्य चौकी र भिस्वा स्वास्थ्य चौकीमा चेक जाँच हुने ब्यवस्थापन गरिएको आयोजकले जनाए का छन ।

  • Bishnu Timalsina

    Related Posts

    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ चैत । प्रहरी चौकी गण्डक, पर्सा ले आईतबार राति करिब १२:१५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डक चोक स्थित बाट भारसि मात्रामा…

    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ चैत्र । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जद्वारा पर्सा तथा बारा जिल्लाका विभिन्न मदरसा तथा यतीमखानामा अध्ययनरत बालबालिकाहरूका लागि कपडा वितरण कार्यक्रम सम्पन्न…

    पहिलो

    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    • March 15, 2026
    • 71 views
    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    • March 15, 2026
    • 24 views
    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    • March 15, 2026
    • 93 views
    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    • March 15, 2026
    • 18 views
    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    • March 15, 2026
    • 17 views
    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय

    • March 15, 2026
    • 20 views
    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय