दीपेन्द्र प्रजापति कालो झोला ।

बीरगंज, १७ माघ । प्रहरी चौकी, बस पार्क तथा लागु औषध नियन्त्रण ब्युरो, पर्सा बाट खटिएको संयुक्त टोलीले बिशेष सूचनाको आधारमा शुक्रबार दिउसो करिब १२:०० बजेको समयमा बिशेष सूचनाको आधारमा गस्ति गर्दै जाने क्रममा वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित सडक खण्डमा तिनजना व्यक्तिहरूलाई खैरो हिरोइन सहित आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन संकाष्पद रूपमा बाटोको छेउमा उभी एक आपसमा कुराकानी गर्दै गरेको अवस्थामा निजहरूलाई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा वीरगञ्ज महानगरपालिका वडा नं.१६ बस्ने बर्ष ६१ को राजबली महतोले लगाएको ज्याकेटको दाहिने खल्तीबाट १ वटा सेतो रंगको प्लाष्टिकमा बेरी लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ ५० ग्राम फेला परेको र सोही ठाउँ बस्ने वर्ष ४५ को मनोहर महतोले लगाएको ज्याकेटको दाहिने खल्तीबाट १ वटा सेतो रंगको प्लाष्टिकमा बेरी लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ ५० ग्राम तथा बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं. ०५ बस्ने बर्ष ३७ को अबधेश प्रसाद पटेल समेतलाई उल्लेखित लागु औषध तथा तीन वटा मोबाइल सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बुधबार बताएका छन् ।