

दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, ०२ श्रावण । ईलाका प्रहरी कार्यालय एकटाँगा, पर्साले सोमबार अपरान्ह ०१:०० बजेको समयमा पर्साको पर्सागढी नगरपालिका वडा नं. ०८ बडनिहार-पञ्चरुखी सडक खण्ड बाट प्रतिबन्धित लागुऔषध गाँजा र मोटरसाइकल सहित दुई जनालाई आफ्नो नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साले जनाए अनुसार बिशेष सूचनाको आधारमा त्यहाँ बाट खटिएको टोलीले सोही वडाको बडनिहार देखि पचरूखी तर्फ जाने सडक खण्डमा प्र.२-०३-०२० प ८८०० नम्बरको निलो कालो पल्सर मोटरसाईकललाई रोकी चेक जाँच गर्ने क्रममा उक्त मोटरसाइकल पछाडि सवार पर्सा कै बहुदरमाई नगरपालिका वडा नं. ०९ बस्ने वर्ष ४५ को जवाहिर राउतले भिरेको कालो झोलामा लुकाइछिपाइ राखेको अवस्थामा ६ किलो ग्राम गाँजा फेला परेकोले उल्लेखित गाँजा बरामद गरी मोटरसाइकल र चालक सोही स्थान बस्ने वर्ष ३५ को सुरेन्द्र पटेल लाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको कुरा पर्सा प्रहरीले जनाएको छ ।
