दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १३ मंसिर । सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा बुधबार दिउँसो ०१:०० बजेदेखि ०४:५० बजेसम्म जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक संतोष राईको कमाण्डमा खटी गएको प्रहरी टोलीले पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं. ०३ र ०४ स्थित दश कट्ठा खेतमा अवैध रूपमा लगाएको गाँजाको बोटहरू करिब ८ हजार फडानी गरी नष्ट गरिएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।

साथै गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने व्यहोराको जानकारी समेत दिइएका छन् ।