दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १० फागुन । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार राति करिब १०:३० बजेको समयमा पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं. ०९ स्थित सडक खण्ड बाट एउटा नलकटुवा पेस्तोल सहित दुई जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त राति त्यहाँ बाट खटिएको प्रहरी टोलीले बहुदरमाई ननगरपालिका वडा नं. ०९ स्थित सडक खण्डमा सवारी साधनहरू चेक जाँच गर्ने क्रममा ना. १२ प ४९७१ नम्बरको मोटरसाईकल चालक पर्सा जिल्लाको कालिकामाई गाउँपालिका वडा नं. ०५ बस्ने वर्ष ४३ को दिपेन्द्र गिरीलाई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा निजले लगाएको कालो रंङको ज्याकेटको वाँया साईडको गोजीमा लुकाई छिपाई राखेको अवस्थामा अबैध नलकटुवा पेस्तोल थान १, मोबाईल २ वटा फेला परेको र उक्त मोटरसाइकल पछाडी सवार पर्सा जिल्ला कै पोखरीया नगरपालिकाको वडा नं. ०९ बस्ने अंदाजी वर्ष ३७ को शिवपुजन मुखिया समेतलाई नियन्त्रणमा लिई उक्त पेस्तोल बरामद गरी निजहरू विरुद्ध हातहतियार सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाही भैरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ध्रुव कुमार श्रेष्ठले बताएका छन् ।