दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०९ बैशाख । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बिहीबार दिउँसो ०४:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०६ स्थित रहेको तुल्स्यान मार्केट (पमपम बिल्डिङ) बाट भन्सार छली ल्याई राखेको करोडौंको विभिन्न किसिमका कपडाहरू बरामद गरेको छ ।

बिशेष सूचना पाउना साथ त्यहाँ बाट खटिएको प्रहरी टोलीले उल्लेखित स्थानमा घरकोठा भाडामा लिइ सोही बिल्डिङमा संचालन वीरगञ्ज महानगरपालिका वडा नं. १६ बस्ने वर्ष २४ को आकाश कुमार गुप्ता तथा वडा नं. ०६ बस्ने वर्ष ४४ को रामएकवाल कुशवाहाको गोदाम तथा हाल सम्म नामथर वतन नखुलेका छ वटा अन्य गोदामहरू बाट सर्टिङ सुर्टिङ थान कपडा, सर्ट थान कपडा, पाइन्ट थान कपडा, सुती प्रिन्टेड कपडा, ढाकाको थान कपडा, साडी, कुर्ता सुरवाल, मर्दानी धोती, ब्लाउज थान कपडा र चोलो बनाउने थान कपडाहरू लगायत गरि जम्मा रु. २ करोड २० लाख बराबरको मालबस्तुहरू शुक्रबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको कुरा आज सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।