दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २९ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा आईतबार राति करिब १०:४० बजेको समयमा बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त राति वीरगञ्ज बाट भैरहवा तर्फ जाँदै गरेको ना. ५ ख  ८५६५ नम्बरको मालवाहक ट्रकलाई वीरगञ्ज महानगरपालिका वडा नं. २१, परवानीपुर चोकस्थित सडक खण्डमा रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रू. ७० लाख ४३ हजार ७ सय ५ बराबरको ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।

यसै गरी आज एक्का बिहानै करिब ०५:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डक चोक स्थित सडक खण्डमा प्रदेश-१-०१-००१ ख ३९१५ नम्बरको मालवाहक कन्टेनर ट्रकभित्र रहेको विल बिजक भन्दा बढीका विभिन्न किसिमका लत्ताकपडा तथा औषधीहरू लोड गरी वीरगञ्ज बाट झापा तर्फ जाँदै गरेको अवस्थामा त्यहाँ बाट खटिएको टोलीले नियन्त्रणमा लिई विल विजक भन्दा बढीका मालबस्तुहरू लोड रहेको हुँदा अ.मू.रू. ६९ लाख १५ हजार १ सय ६९ बराबरको मालबस्तूहरू थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आजै राजस्व अनुसन्धान पथलैया बारामा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले  बताएका छन् ।