दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ११ भदौ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा आईतबार राति १०:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०८, घण्टाघर स्थित बाट करोडौंको मूल्य भन्दा बढीको अबैध मालसामान बोकेका दुई वटा मालवाहक ट्रकहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
उक्त राति वीरगञ्ज बाट चितवन तथा कैलाली तर्फ लैजाँदै गरेको अवस्था मा सु.प.प्र.७-०१-००१ ख ३०८८ र ना.३ ख ५१६५ नम्बरको मालबाहक ट्रकहरूमा विजक भन्दा बढीका कपडा, औषधी तथा खुद्रा मालबस्तुहरू लोड रहेको अवस्थामा त्यहाँ बाट खटिएको प्रहरी टोलीले उल्लेखित नम्बरहरूको मालबाहक ट्रकहरू नियन्त्रणमा लिइ अंदाजी मूल्य रू. १ करोड ३१ लाख १५ हजार ६ सय ९८ बराबरका कपडा औषधी तथा खुद्रा मालबस्तुहरू थप अनुसन्धान तथा कारवाहीको लागि आज राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाईएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारति ले बताएका छन् ।