पर्सा प्रहरी द्वारा करोडौं मूल्य बराबरको विभिन्न किसिमका सामानहरु सहित दुई वटा मालवाहक ट्रक पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला । 

बीरगंज, ०६ असोज । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा शुक्रबार राति करिब १०:१५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २५, ड्राईपोर्ट स्थित सडक खण्ड बाट  ना. ७ ख ७४२४ नम्बरको मालबाहक ट्रकको साथमा रहेको विल विजक भन्दा बढीका Hard Suitcase With Trolly लगायतका मालबस्तुहरू लोड गरी ICP बाट वीरगञ्ज तर्फ ल्याउदै गरेको अवस्थामा त्यहाँ बाट खटिएको टोलीले उल्लेखित नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिइ अंदाजी मूल्य रू. ५२ लाख २२ हजार ९ सय १४ बराबरका Hard Suitcase With Trolly लगायतका मालबस्तुहरू थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आईतबार राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाइएको छ ।

यसै गरी जिल्ला प्रहरी कार्यालय, पर्सा ले नै विशेष सूचनाको आधारमा शनिबार राति करिब ०७:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २५, स्थित सिर्सिया चोकमा  ना. ५ ख १६७ नम्बरको मालबाहक ट्रकको साथमा रहेको विल विजक भन्दा बढीका हार्डवेयर लगायतका मालबस्तुहरू लोड गरी वीरगञ्जबाट काठमाण्डौ तर्फ लैजाँदै गरेको अवस्थामा त्यहाँ बाट खटिएको टोलीले उल्लेखित नम्बरहरूको मालबाहक ट्रकलाई नियन्त्रणमा लिइ अंदाजी मूल्य रू. १ करोड ४२ लाख १ हजार ७ सय ९२ बराबरका हार्डवेयर मालबस्तुहरू थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आईतबार नै राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारति ले बताएका छन् ।

  • Related Posts

    वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, २७ फागुन । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिक जन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ…

    नेशनल मेडिकल कलेज द्वारा नयाँ शैक्षिक सत्रका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ फागुन । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले शैक्षिक सत्र २०८२/०८३ का प्रथम वर्षका एम.बी.बी.एस., बी.डी.एस., बी.एस्सी. नर्सिङ, बीएनएस, बीएमएलटी तथा बीएमआईटी कार्यक्रमका…

    पहिलो

    वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा-

    • March 11, 2026
    • 58 views
    वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा-

    नेशनल मेडिकल कलेज द्वारा नयाँ शैक्षिक सत्रका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न-

    • March 11, 2026
    • 89 views
    नेशनल मेडिकल कलेज द्वारा नयाँ शैक्षिक सत्रका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न-

    म्यानमारबाट तीन नेपालीको उद्धार

    • March 11, 2026
    • 19 views
    म्यानमारबाट तीन नेपालीको उद्धार

    गृहमन्त्री अर्यालले दिए निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवाद

    • March 11, 2026
    • 15 views
    गृहमन्त्री अर्यालले दिए निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवाद

    बालेन र रविलाई पाकिस्तानी प्रधानमन्त्री शरीफले दिए बधाई

    • March 11, 2026
    • 42 views
    बालेन र रविलाई पाकिस्तानी प्रधानमन्त्री शरीफले दिए बधाई

    विशेष महाधिवेशन औचित्य सकियो, सभापति थापाले राजीनामा दिनुपर्छ- जितजंग बस्नेत

    • March 11, 2026
    • 22 views
    विशेष महाधिवेशन औचित्य सकियो, सभापति थापाले राजीनामा दिनुपर्छ- जितजंग बस्नेत