दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ११ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार राति करिब १०:३० बजेको समयमा बिक बिजक भन्दा बढी लता कपडा तथा हार्डवेयर लगायतका सामानहरु लोड रहेको एउटा मालबाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त राति वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डक चोक स्थित सडक खण्डमा ना. ६ ख ८३०५ नम्बरको मालवाहक ट्रकमा राजश्व छली चोरी गरी विल विजक भन्दा बढी मालबस्तुहरू लोड गरी वीरगञ्ज बाट काठमान्डौं तर्फ जाँदै गरेको अवस्थामा त्यस कार्यालय बाट खटिएको चेकिङ टोलीले उक्त मालवाहक ट्रकलाई नियन्त्रणमा लिई लोड रहेको मालबस्तुहरु ONLINE VCTS विलमा उल्लेखित भन्दा बढी लोड रहेको आशंका तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उल्लेखित नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई त्यस भित्र लोड रहेको कपडा तथा खुद्रा समानहरू (उल्लेखित विल अनुसार) अन्दाजी मुल्य रू. १ करोड १३ लाख १८ हजार ८ सय ९० बराबरको मालबस्तुहरू आवश्यक कारवाहीको लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।