दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १३ फागुन । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा शनिबार राति करिब ०९:३० बजेको समयमा बिल विजक भन्दा बढी चुकुन्दर बोकेको एउटा माल बाहक पिकअप लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त राति वीरगञ्ज बाट काठमाण्डौ तर्फ जाँदै गरेको प्रदेश ३-०१-०२४ च ३५८९ नम्बरको मालवाहक पिकअप लाई वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डक चोक स्थित सडक खण्डमा रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी चुकुन्दर लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अंदाजी मूल्य रू. ३४ हजार ८ सय बराबरको चुकुन्दर नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आईतबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।