पर्सा प्रहरी द्वारा तोरी सहित एउटा ट्रक तथा विभिन्न किसिमका चकलेट नियन्त्रण-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २७ असार । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार राति करिब १०:१५ बजेको समयमा बिल विजक भन्दा बढी तोरी बोकेको एउटा माल बाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त राति बिजयबस्ती बाट चितवन तर्फ जाँदै गरेको ना. ५ ख ५८४७ नम्बरको ट्रकलाई पर्सा जिल्लाको ठोरी गाँउपालिका वडा नं. ०३, बिजयबस्ती स्थित सडक खण्डमा रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी तोरी लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अंदाजी मूल्य रू. ९ लाख बराबरको तोरी नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।

यसै गरी आज साँझ ०५:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १९, विन्दवासनी स्थित सडक खण्डमा भारत बाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको विभिन्न किसिमको चक्लेटहरु चोरी पैठारी गरी विन्दवासनी बाट चितवन तर्फ लैजाँदै गरेको अवस्थामा त्यहाँ बाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ बोकी ल्याएको चक्लेटहरू छाडी भागी फरार भएको हुँदा सो चक्लेटहरू वेवारिसे अवस्थामा बरामद गरी आवश्यक कारवाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालय मा पठाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केशर कुमार न्यौपाने ले बताएका छन् ।

  • Related Posts

    गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०६ श्रावण । गुरु पुर्णिमाको अवसरमा आइतबार वीरगंजको अशोकवाटिका स्थित शंसान घाट परिसरमा वृक्षारोपण गरिएको छ । शंसान घाट परिसरलाई हरियाली पार्कसहितको मनोरम बनाउन वृक्षारोपण…

    श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

    भोजपुर, ६ साउनः जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासीले श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन गरेका छन् । वर्षाका कारण पाँचधारे–भोजपुर सडकको केही भाग राउतेखोलाले बगाएपछि श्रमदान गरेर सञ्चालनमा ल्याइएको हो । वर्षाले…

    पहिलो

    गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण-

    • July 21, 2024
    • 24 views
    गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण-

    सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    • July 21, 2024
    • 12 views
    सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

    • July 21, 2024
    • 10 views
    श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

    पाइप बगेपछि बागलुङ बजारमा खानेपानी अभाव

    • July 21, 2024
    • 12 views
    पाइप बगेपछि बागलुङ बजारमा खानेपानी अभाव

    एसिया कप क्रिकेटः नेपाल र पाकिस्तान भिड्ने

    • July 21, 2024
    • 9 views
    एसिया कप क्रिकेटः नेपाल र पाकिस्तान भिड्ने

    मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत लिँदै

    • July 21, 2024
    • 8 views
    मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत लिँदै