
दीपेन्द्र प्रजापति/कालो झोला ।
वीरगञ्ज, १७ जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बीरगंज महानगरपालिका लगायत पर्साका विभिन्न स्थानहरूबाट बिभिन्न मिति र समयमा मोबाइलहरू हराएका तथा चोरी भएका भनी यस कार्यालयमा प्राप्त भएको निवेदनका सम्बन्धमा खोजतलास तथा अनुसन्धान गर्दा बिभिन्न कम्पनीका मोबाइलहरू १५ थान फेला परेकोले सम्बन्धित मोबाइल धनीहरूलाई यस कार्यालयमा बोलाई मंगलबार जिम्मा लगाई पठाइएको छ ।
साथै हराएका अन्य मोबाइलहरूको अनुसन्धान तथा खोजतलास जारी रहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताएका छन् ।
