दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०७ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा शनिबार राति करिब ०९:३० बजेको समयमा राती बिल विजक भन्दा बढी आलु र प्याज बोकेको एक माल बाहक मिनी ट्रकहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त राति वीरगञ्ज बाट मकवानपुर तर्फ जाँदै गरेको बा. प्र. ०३-००१ ख ०३३२ नम्बरको मालवाहक मिनीट्रकलाई बीरगंज महानगरपालिका वडा नं. ०९, मिना बजार स्थित सडक खण्डमा रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी आलु र प्याज लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अंदाजी मूल्य रू. १ लाख २४ हजार ५ सय ६० बराबरको मिनीट्रक भित्र लोड रहेको  आलु र प्याज नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आईतबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।