दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, १९ चैत । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा औषधीहरू बोकेको एउटा मालबाहक ट्रकलाई शुक्रबार आफ्नो नियन्त्रणमा लिएको छ ।
उक्त दिन वीरगञ्ज बाट चितवनतर्फ लैजादै गरेको ना. ५ ख ९६१३ नम्बरको ट्रकलाई यस कार्यालय बाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. ०८, घण्टाघर स्थित सडक खण्ड बाट नियन्त्रणमा लिई उक्त मालवाहक ट्रकभित्र लोड रहेका खुद्रा, हार्डवेयर तथा औषधीहरू अन्दाजी मूल्य रू. ३८ लाख ८० हजार ३ सय ८५ बराबरको मूल्याङ्कन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको आईतबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी ले बताएका छन् ।