दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २७ चैत । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा आईतबार एउटा मालबाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू बोकेको ट्रक वीरगञ्ज बाट चितवन तर्फ लैजादै गरेको अवस्थामा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले आईतबार वीरगञ्ज महानगरपालिका वडा नं. १३, पावरहाउस चोक स्थित सडक खण्ड बाट ना. २ ख ९३८९ नम्बरको ट्रकलाई नियन्त्रणमा लिई उक्त मालवाहक ट्रकभित्र लोड रहेका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू अंदाजी मूल्य रू. ६० लाख ३८ हजार १ सय ८८ बराबरको मालबस्तुहरू थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।