दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १७ बैशाख । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बिल विजक भन्दा बढी विभिन्न किसिमका औषधी तथा खुद्रा मालबस्तुहरू बोकेको एउटा मालबाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा शुक्रबार विरगञ्ज बाट रूपन्देही तर्फ लैजाँदै गरेको अवस्थामा त्यहाँ बाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. ०८, घण्टाघर स्थित सडक खण्ड बाट ना. ४ ख ८७४० नम्बरको मालवाहक ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रू. ६२ लाख ०८ हजार ५ सय ९३ बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आईतबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी ले बताएका छन् ।