
दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, ०५ भदौ । जिल्ला प्रहरी कार्यालय, पर्साले भदौ ०३ गते बिल विजक भन्दा बढी बिभिन्न किसिमका मेडिकल सामाग्री तथा खुद्रा सामानहरू बोकेको एक मालवाहक ट्रक लाई आफ्नो नियन्त्रणमा लिएको थियो ।
विशेष सूचनाको आधारमा त्यहाँ बाट खटिएको विशेष टोलीले उक्त दिन राति १०:४५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०८ घण्टाघर चोक स्थित सडक खण्डमा ना. ६ ख ३५१६ नम्बरको मालवाहक ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक बिनाका विभिन्न किसिमका मेडिकल सामाग्री तथा खुद्रा सामानहरू समेत फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई रू. ३६ लाख ६० हजार मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आईतबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा पर्सा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।