दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २६ मंसिर । वडा प्रहरी कार्यालय, श्रीपुरले विशेष सूचनाको आधारमा मंगलबार राति करिब ०६:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१५, प्रतिमा चोक स्थित टिकट काट्ने काउन्टर अगाडि रोकिएको सार्बजनिक विधुतीय गाडी बाट भारी मात्रामा नेपालमा प्रतिबन्धित लागु औषध ट्रमाडोलक्याप्सुल्स सहित ४ जना मानिसहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
उक्त दिन त्यहाँ बाट खटिएको प्रहरी टोलीले उल्लेखित स्थान बाट बाग्मति प्रदेश ०८-००१ ज ०११७ नम्बरको EV गाडिलाई कानूनी रितपुर्याइ जाँच गर्दा उल्लेखित व्यक्तिहरूले रातो र गुलाबी रंगको सुटकेश भित्र लुकाइ छिपाइ राखिएको लागु औषध Tramadol Hydrochloride Capsules IP ६० हजार ५ सय ३० पिस सहित सुटकेश बोक्ने दुइ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ ।

थप अनुसन्धान पश्चात वीरगञ्ज महानगरपालिका कै वडा नं.२४, रामगढवामा डेराकोठा भाडामा लिइ बस्ने र लागु औषध Tramadol सुन्योजित तरिकाले लुकाइ छिपाइ राखिएको अवस्था बाट १ कार्टुनभित्र १५ हजार ६ सय ४० पिस Tramadol Capsules गरी जम्मा ७६ हजार १ सय ७० पिस लागु औषध Tramadol Capsules सहित सो कार्यमा संलग्न चार जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ ।
पक्मराउ पर्नेमा क्रमशः बीरगंज महानगरपालिका वडा नं. २४, रामगढवा बस्ने वर्ष २० को युवराज पटेल, सोही स्थान बस्ने वर्ष २१ को अफजल देवान, धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं. ०६ बस्ने वर्ष १९ को रामहरि मगर तथा धादिङ जिल्ला कै सिदलेख गाउँपालिका वडा नं. ०७ बस्ने वर्ष १९ को राजकुमार मगराति लाई नियन्त्रणमा लिइ निजहरू विरुद्ध लागु औषध सम्बन्धि कसूरमा पर्सा जिल्ला अदालत बाट सात दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय, पर्सा का प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठक ले बताएका छन् ।










