दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०७ असोज । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा सोमबार दिउँसो करिब १२:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४, स्थित गण्डक चोक बाट लाखौं बराबरको मसला लगायतको विभिन्न किसिमका सामानहरु सहित एउटा मालवाहक ट्रक आफ्नो नियन्त्रणमा लिएको छ ।
आज दिउँसो ना. ३ ख ८०४२ नम्बरको मालबाहक ट्रकको साथमा रहेको विल विजक भन्दा बढीका मसाला लगायतका मालबस्तुहरू लोड गरी वीरगञ्ज बाट चितवन तर्फ लैजाँदै गरेको अवस्था मा त्यहाँ बाट खटिएको टोलीले उल्लेखित नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिइ अंदाजी मूल्य रू. ३३ लाख ७७ हजार ९ सय ४० बराबरको मूल्याङ्कन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारति ले बताएका छन् ।