दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १२ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा वडा प्रहरी कार्यालय, बिर्ता बाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा आईतबार राति करिब ०८:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०७, रेल्वे सडक खण्ड स्थित वडा नं. ५ बस्ने बिकाश गोयलले संचालन गर्दै आएको बिन्दु गोयलको नाममा दर्ता रहेको एस. बी. ट्रेडिङ्गको गोदाम बाट लाखौं मूल्य बराबरको विभिन्न सामानहरु बरामद गरेको छ ।
उक्त राति भन्सार चोरी पैठारी तथा राजस्व छली गरी अवैध रुपमा भण्डारण गरी राखिएको अंदाजी मूल्य रु. ३० तिस लाख बराबरको स्टेशनरी, किराना लगायतका खुद्रा समानहरु (पेन्सिल, ईरेजर, कट्टर, तास, टेप, बेलुन, लाईटर, रबर, जिविया, गुच्चा इत्यादी ) लगायतका मालबस्तुरू कानूनी रितपुर्याई बरामद गरी सो मालबस्तुहरू राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाइएको छ ।










