
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २२ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा मातहतका वडा प्रहरी कार्यालय, श्रीपुर प्रहरी चौकी, श्रीसिया, र ईलाका प्रहरी कार्यालय, लंगडी ले विशेष सूचनाको आधारमा मंगलबार विभिन्न स्थानहरू बाट भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका ईलेक्ट्रोनिक्स, खुद्रा, खाद्यान्न, सुर्ती तथा चप्पल लगायतका मालबस्तुहरू अंदाजी मूल्य रु. ५६ लाख ४६ हजार ४ सय २९ बराबरको पक्राउ गरिएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्साल ले बताएका छन् ।
