दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २९ श्रावण । जिल्ला प्रहरी कार्यालय, पर्सा ले सोमबार दिउँसो करिब ०४:३० बजेको समयमा बिरगंज महानगरपालिका वडा नं. १६, रजतजयन्ती चोक स्थित सडक खण्ड बाट लाखौं मूल्य बराबरको विभिन्न किसिमका सामानहरु बरामद गरि भन्सार दाखिला गरेको छ ।
उक्त दिन त्यहाँ बाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी तस्करी गरी भित्राइएको विभिन्न किसिमका लत्ताकपडाहरू, जुता, खाद्यान्न तथा मोबाईलका पार्टसहरू गरि जम्मा अन्दाजी मूल्य रू. ८ लाख ५८ हजार ५ सय २० बराबरको मालबस्तुहरू पक्राउ गरी आवश्यक कारवाहीको लागि मंगलबार वीरगञ्ज भन्सार कार्यालय मा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारति ले बताएका छन् ।