दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १३ मंसिर । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा सोमबार राति करिब १०:१५ बजेको समयमा बिल विजक भन्दा बढी खुद्रा सामानहरू बोकेको एउटा माल बाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
उक्त दिन वीरगञ्ज बाट काठमाण्डौ तर्फ जाँदै गरेको ना. ६ ख ४९४० नम्बरको मालवाहक ट्रकलाई वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डक चोक स्थित सडक खण्डमा रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा विल बिजक पनि संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रू. ६० लाख ७९ हजार १ सय ४० बराबरको ट्रक भित्र लोड रहेको खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।